नेपाली खेलकुदको मेरुदण्ड : सेनाको सात दशक लामो स्वर्णिम यात्रा
सारांश
- नेपाली सेना खेलकुदको क्षेत्रमा पनि सक्रिय रहेको र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्दै आएको छ।
- सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले खेलाडी उत्पादन गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुदमा सेनाको योगदान पुर्याएको छ।
- सेनाले खेलकुद विद्यालय स्थापनाको अवधारणा अघि सारेको छ, जसले खेलकुदको विकास र नागरिक-सैनिक सम्बन्धलाई प्रगाढ बनाउने लक्ष्य राखेको छ।
काठमाडौँ । नेपाली सेना भन्नेबित्तिकै हाम्रो मानसपटलमा राष्ट्रिय सुरक्षा र सङ्कटका बेला खटिने अनुशासित सुरक्षा घेराको चित्र आउँछ । तर, नेपाली सेनाको पहिचान बन्दुक र बर्दीमा मात्र सीमित छैन । यो नेपाली खेलकुदको एउटा यस्तो मजबुत खम्बा हो, जसले सात दशकदेखि अन्तर्राष्ट्रिय मैदानमा देशको गौरव बढाइरहेको छ ।
नेपालको आधुनिक खेलको विकास तथा प्रवर्द्धनका लागि सेनाले सन् १९५१ देखि नै अन्तर्राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन थालेको थियो । विसं. २००८ मा प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित एथ्लेटिक्स प्रतियोगिताबाट सुरु भएको यो यात्रा आज ‘मैत्रीपूर्ण सम्बन्धको लागि खेलकुद’ भन्ने मूल मन्त्रको साथ अघि बढिरहेको छ ।
सेनाले राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघ लगायतका निकायसँग सहकार्य गर्दै दक्ष खेलाडी उत्पादनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
सैनिक खेलकुदलाई संस्थागत र व्यवस्थित बनाउन २०७२ साल वैशाखमा ‘नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र’ स्थापना गरिएको थियो । सो केन्द्रमार्फत सेनाले एथ्लेटिक्स, बक्सिङ, पौडी, तेक्वान्दो, फुटबल र जुडोजस्ता दर्जन विधामा आफ्ना खेलाडीहरूलाई प्रशिक्षित गर्दै आएको छ । केन्द्रले खेलकुदको अलावा राष्ट्रिय पर्वहरू महाशिवरात्रि, सेना दिवस, घोडेजात्रा फुलपाती बढाइँ, प्रजातन्त्र दिवस र इन्द्रजाता मनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सैनिक खेलकुद केन्द्रमा आवद्ध खेलाडीहरू ३६ वटा खेल विधामा सहभागी हुँदै आएका छन् ।
सेनाले केवल अरूको प्रतियोगितामा भागमात्र लिँदैन, आफैँले पनि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका ठुला प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रधान सेनापति ट्रफी, खुला म्याराथन, राष्ट्रिय पुरुष भलिबल, अन्तर्राष्ट्रिय महिला फुटबल र उच्च उचाइका साहसिक खेल प्रतियोगितासमेत सेनाले आयोजना गर्दै आएको छ । सेनाले प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता पनि सञ्चालन गर्दै आएको छ ।
‘खेलकुद मार्फत मित्रता’ को अवधारणा अनुसार सेनाका खेलाडीहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रिय धुन बजाउन, राष्ट्रिय झण्डा फहराउन सहयोग गर्दै आएका छन् । यसबाट नागरिक–सैनिक सम्बन्ध गाढा बनाउन र सेनाको पहिचान बढाउन सहयोग पुग्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौंमा सन् १९८३ मा भएको प्रथम दक्षिण एसियाली खेलकुद ‘साग’मा सेनाले सहभागिता जनाएको थियो । त्यसयता सेना निरन्तर सागमा सहभागी हुँदै आएको छ । सागको दोस्रो संस्करणमा स्वर्ण जित्ने एकमात्र सेनाका खेलाडी मानन्धर थिए । एसियन गेममा अहिलेसम्म विभिन्न खेल विधाका ९७ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।
राष्ट्रिय खेलकुदको इतिहास हेर्ने हो भने २०७३ साल यता नेपाली सेनाले लगातार पहिलो स्थान हासिल गर्दै आफ्नो वर्चस्व कायम राखेको छ । २०५५ मा चौथो राष्ट्रिय खेलकुदबाट घरेलु प्रतियोगितामा सहभागी हुन थालेको सेना आज घरेलु खेलकुदको निर्विकल्प च्याम्पियन बनेको छ ।
चौथो राष्ट्रिय खेलकुदमा २९ स्वर्ण पदक जितेको सेनाले नवौँ राष्ट्रिय खेलकुदमा १७२ स्वर्ण जित्न सफल भएको थियो । दशौँ राष्ट्रिय खेलकुमा सहभागी हुन उच्च तयारी भइरहेको सैनिक प्रवक्ता (सहायक रथी) राजाराम बस्नेतले रातोपाटीलाई बताए ।
अन्तर्राष्ट्रिय गौरव र कीर्तिमान
नेपाली सेनाका खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा देशको झण्डा र धुनलाई सम्मानका साथ गुञ्जाएका छन् । दक्षिण एसियाली खेलकुद (साग) को इतिहासमा लिजेन्ड धावक वैकुण्ठ मानन्धरको नाम स्वर्ण अक्षरले लेखिएको छ । सन् १९८७ को तेस्रो सागमा उनले बनाएको २ घण्टा १५ मिनेट ३ सेकेण्डको म्याराथन रेकर्ड दक्षिण एसियामा आजसम्म कसैले तोड्न सकेको छैन । मानन्धरले लगातार चार पटक ओलम्पिकमा सहभागी भएर अर्को ऐतिहासिक कीर्तिमान समेत बनाएका छन् ।
-..._bP2jnFhDDM.jpg)
त्यस्तै, पछिल्लो समय फ्रान्समा सम्पन्न ‘प्यारालिम्पिक–२०२४’ मा त्रिभुवन आर्मी क्लबका पूर्व हुद्दा भीम बहादुर कुमालले सहभागिता जनाएर सेनाको गौरव बढाएका छन् ।
२०८१ पुसमा भारतको दिल्लीमा सम्पन्न ‘प्रथम विश्वकप खो–खो’ प्रतियोगितामा नेपाली टोलीलाई उपविजेता बनाउन सेनाका खेलाडीहरूको मुख्य भूमिका रह्यो, जसमा रुद्रध्वज गणकी कुचीकार मानमति धामी ‘बेस्ट डिफेन्डर’ घोषित भइन् ।
काठमाडौंमा सन् १९८३ मा भएको प्रथम दक्षिण एसियाली खेलकुद ‘साग’मा सेनाले सहभागिता जनाएको थियो । त्यसयता सेना निरन्तर सागमा सहभागी हुँदै आएको छ । सागको दोस्रो संस्करणमा स्वर्ण जित्ने एकमात्र सेनाका खेलाडी मानन्धर थिए । एसियन गेममा अहिलेसम्म विभिन्न खेल विधाका ९७ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।
दक्षिण एसियाली खेलकुदमा सेनाले पाएको पदक :

खेलकुद विद्यालयको परिकल्पना
नेपाली सेनाले अब खेलाडी उत्पादनबाट अर्को फड्को मार्ने भएको छ । सेनाले खेलकुदको विकासका लागि छुट्टै ‘खेलकुद विद्यालय’ स्थापना गर्ने अवधारणामा काम गरिरहेको छ ।
सैनिक खेलकुद केन्द्रले खेलकुद विद्यालय स्थापना गर्ने सम्बन्धमा अवधारणा तयार गर्न आवश्यक समन्वय गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
खेलकुद केन्द्रकै मातहतमा सैनिक खेलाडीहरू त्रिभुवन आर्मी क्लबका ब्यानरमा मैदानमा आउने गरेका छन् । शारीरिक तालिमलाई आधुनिक बनाउँदै र भौतिक पूर्वाधारमा लगानी बढाउँदै सेनाले देशका कुनाकाप्चाबाट उत्कृष्ट प्रतिभा पहिचान गर्ने लक्ष्य लिएको छ । सैनिक खेलकुद केन्द्रले सेनालाई आवश्यक पी.टी शिक्षक पनि उत्पादन गर्दै आइरहेको छ ।
-....._bkrvWBrzfC.jpg)
खेलकुद केवल मनोरञ्जन वा प्रतिस्पर्धामात्र होइन, यो नागरिक र सैनिकबिचको सम्बन्ध प्रगाढ बनाउने एउटा कडी पनि हो । महाशिवरात्रि, घोडेजात्रा र इन्द्रजात्राजस्ता सांस्कृतिक पर्वहरूमा आफ्नो कला प्रदर्शन गर्नेदेखि विश्वकपका मैदानहरूसम्म पुग्ने नेपाली सेना राष्ट्रिय सुरक्षाको महत्त्वपूर्ण अङ्ग रहँदै आएको छ । सेनाले फागुन ३ मा सैनिक मञ्च टुँडिखेलमा २६३औँ सेना दिवस मनाउँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण