पशुपति मन्दिर परिसरमा प्रहरीको कमान्ड पोस्ट, ६ हजार सुरक्षाकर्मी परिचालन
सारांश
- आज महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा ७ लाख दर्शनार्थी आउने अनुमान गरिएको छ।
- पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्दै ३ हजार ७ सय प्रहरी परिचालन गरिएको छ।
- कमान्ड पोस्ट स्थापना गरी बालबालिका हराउने, चोरी जस्ता गतिविधि नियन्त्रण गरिनेछ।
काठमाडौँ । काठमाडौँको पशुपतिनाथमा आज महाशिवरात्रि पर्व मनाइँदै छ । महाशिवरात्रिको अवसरमा पशुपति मन्दिर दर्शन गर्न करिब ७ लाख दर्शनार्थी आउने आकलन पशुपति क्षेत्र विकाश कोषले गरेको छ ।
ठुलो सङ्ख्या दर्शनार्थी सहभागी हुने पशुपति क्षेत्रमा स्थानीय प्रशासनले सुरक्षा योजना बनाएर सुरक्षाकर्मी परिचालन गरेको छ । जिल्ला सुरक्षा समितिबाट निर्णय गरेर सुरक्षा योजना लागु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए ।
पशुपति मन्दिर परिसरमा प्रहरीले कमान्ड पोस्ट बनाएको छ । बालबालिका हराउने, चोरी, डकैती र अन्य उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न कमान्ड पोस्टमा परिसर काठमाडौँका एसपी पवन भट्टराई खटिनेछन् । पशुपति क्षेत्रको सुरक्षामा ३ हजार ७ सय प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना लागु गरिएको छ । निर्वाचन प्रहरीलाई पनि सुरक्षामा परिचालन गरिएको छ ।
नेपाल प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी र महानगर प्रहरी सहित करिब ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको एसएसपी थापाले जानकारी दिए । शनिबार पशुपति क्षेत्रमा गएर गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल सहितका अधिकारीहरुले सुरक्षा तयारीबारे जानकारी लिएका थिए ।
पशुपति क्षेत्र विकाश कोषले दर्शन सहज बनाउन बिहानैदेखि चार वटै ढोका खुल्ला गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण