प्रसौनी उद्योग वाणिज्य संघको अध्यक्ष रौनियार चयन
सारांश
- प्रसौनी उद्योग वाणिज्य संघको दोस्रो अधिवेशनले तुलसी साह रौनीयारको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
- नयाँ कार्यसमितिका सदस्यहरूमा युवराज सुवेदी, अमरकान्त झा, राजेश कुशवाहा लगायतका व्यक्तिहरू चयन भएका छन्।
- अधिवेशनमा व्यवसायी संजय कुमार साह कलवारलाई सम्मान गरिएको थियो र संघले सामाजिक कार्यहरू पनि गर्दै आएको छ।
बारा । प्रसौनी उद्योग वाणिज्य संघको दोस्रो अधिवेशनले तुलसी साह रौनीयारको नेतृत्वको १५ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । दोस्रो अधिवेशनबाट उद्योगतर्फको उपाध्यक्षमा युवराज सुवेदी, वाणिज्यतर्फ अमरकान्त झा, महासचिवमा राजेश कुशवाहा, कोषाध्यक्ष अमित टिबडेवाल र सचिवमा सौरभकुमार गुप्ता चयन भएका छन् ।
नयाँ कार्यसमितिको सदस्यहरूमा सुरेश कुमार गुप्ता, मनोजकुमार गुप्ता, पिंकी टिबडेवाल, अनुपमा गुप्ता, पुष्पा देवि, कनहैयालाल साह, शम्भुनारायण साह, रामप्रवेश प्रसाद कुर्मी र केदार गौतम रहेका छन् ।
सर्वसम्वद्ध रुपमा चयन भएका नयाँ कार्यसमितिले शनिबार नै सपथग्रहण समेत गरेका छन् । प्रसौनी उद्योग वाणिज्य संघका अध्यक्ष तुलसी रौनियार दोस्रो कार्यकालको नेतृत्व गर्न पुनः अध्यक्षमा चयन भएका हुन् ।
३ वर्षअघि भोलाप्रसाद गुप्ताको नेतृत्वमा गठन भएको प्रसौनी उद्योग वाणिज्य संघमा ४३ जना उद्योगीहरु आबद्ध छन् । अध्यक्ष रौनियारले अगामी दिनमा व्यापारीहरूलाई पनि संघमा समेटेर लैजाने बताएका छन् । उनले व्यापारीहरूलाई थप गरेर २ सय जना सदस्य सङ्ख्या पुर्याउने लक्ष्य बताए । प्रसौनी उद्योगी वाणिज्य संघले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, निःशुल्क आँखा शिविर, सिपमूलक तालिमहरू सञ्चालन गर्दै आएको छ ।
अधिवेशन कार्यक्रममा संघले पुराना व्यवसायी संजय कुमार साह कलवारलाई सम्मानित समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण