पर्वले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छ : सभापति थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पर्वले मानव जीवनमा आध्यात्मिक चेतना जागृत गराउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश प्रवाह गर्ने बताएका छन् ।
महाशिवरात्रि पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले धार्मिक तथा सांस्कृतिक पर्वहरूले हाम्रो मौलिक परम्परा र सांस्कृतिक धरोहरको संरक्षण तथा संवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरे ।
सभापति थापाले भनेका छन्, “हिन्दू धर्मावलम्बीहरूले अत्यन्त श्रद्धा, भक्ति र आस्थाका साथ भगवान् शिवको आराधना गरी मनाउने “महाशिवरात्री” हाम्रो धार्मिक तथा सांस्कृतिक जीवनसँग गहिरो रूपमा जोडिएको एक महत्वपूर्ण एवं पवित्र पर्व हो ।”
उनले नेपाल विविध जातजाति, भाषा, धर्म र संस्कृतिले सम्पन्न राष्ट्र भएको र महाशिवरात्रि लगायतका पर्वहरूले अनेकतामा एकताको भाव सुदृढ पार्दै सबै नेपालीबिच आपसी सम्मान, सहकार्य र राष्ट्रिय एकताको भावना अझ प्रगाढ बनाउन मद्दत गरेको उल्लेख गरेका छन् ।
महाशिवरात्रिको अवसरमा उनले सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै भगवान् शिवको कृपाले सबैमा सकारात्मक ऊर्जा, साहस र सत्मार्गमा अघि बढ्ने प्रेरणा प्रदान होस् भन्ने कामना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण