भद्रपुर विमानस्थलमा ओली : चुनाव भयो भने हामी भाग लिन्छौँ
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावका लागि अझै ढुक्कको वातावरण नबनेको बताए।
- ओलीले सरकारले चुनावबारे धेरै कुरा बुझ्नुपर्ने बताए, तर चुनाव हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे।
- उनले झापा क्षेत्र नं. ५ का मतदाताहरूसँग भेटघाट गरी आगामी निर्वाचनको तयारीबारे छलफल गरे।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बनी नसकेको बताएका छन् । आइतबार भद्रपुर विमानस्थलमा अध्यक्ष ओलीले पार्टी चुनावको तयारीमा लागिरहेको तर ढुक्कको वातावरण बनी नसकेको बताएका हुन् ।
यसबारेमा सरकारले धेरै कुरा जान्नुपर्ने ओलीको भनाइ छ । ‘चुनाव हुने भयो भने हामी भाग लिन्छौ, चुनावको वातावरण त यसै भन्न सकिन्न अझै पनि ।’ यद्यपि, उनले अब चुनाव हुन्छ भन्ने आफूले ठानेको बताए ।
यसअघि अध्यक्ष ओलीले झापा क्षेत्र नं. ५ का कमल, गौरादह तथा गौरीगञ्जका विभिन्न टोलमा पुगेर मतदाताहरूसँग भेट गरेका थिए । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं। ५ बाट उम्मेदवार रहेका पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली २०४८ सालको निर्वाचन देखिनै यही भूगोलबाट निर्वाचित हुँदै आएका छन् ।
सकेसम्म झापा ५ नम्बर निर्वाचन क्षेत्रका सबै मतदातासँग भेट्ने आफ्नो तयारी रहेको ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण