गण्डकी, कर्णाली र सुदूरपश्चिम केन्द्रित अभियानमा राप्रपा नेत्री खुश्बु ओली
सारांश
- राप्रपाकी समानुपातिक उम्मेदवार खुश्बु ओली गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा चुनावी अभियानमा सक्रिय छिन्।
- ओलीले राष्ट्रियता, धार्मिक स्वतन्त्रता, सुशासन र स्थानीय विकासका विषयलाई प्राथमिकताका साथ उठाइरहेकी छन्।
- राप्रपाले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न प्रदेशमा केन्द्रीय नेताहरू परिचालन गरेको छ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की समानुपातिक उम्मेदवार खुश्बु ओली यतिबेला गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश केन्द्रित चुनावी अभियानमा सक्रिय रहेकी छन्।
पार्टीले उनलाई विभिन्न प्रदेशमा प्रचार–प्रसारका लागि परिचालन गरेको जनाएको छ।
ओली हाल गण्डकी प्रदेशका तनहुँ, पर्वत, म्याग्दी र बागलुङका विभिन्न स्थानमा कार्यक्रम सम्पन्न गर्दै लुम्बिनी प्रदेशको रुकुम पूर्व तथा कर्णाली प्रदेशको रुकुम पश्चिम पुगेकी छन्। पश्चिम क्षेत्रका जिल्लाहरूमा आयोजित सभासम्मेलन र भेटघाट कार्यक्रममा उनले पार्टीका चुनावी नारा र एजेन्डा प्रस्तुत गरिरहेकी छन्।
उनले कार्यक्रमहरूमा राष्ट्रियता, धार्मिक स्वतन्त्रता, सुशासन र स्थानीय विकासका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएकी छन्। “देशको भलोमा, भोट हालौँ हलोमा” र “एक भोट राष्ट्रलाई, एक भोट हिन्दु शास्त्रलाई” जस्ता नारामार्फत राप्रपाको धार प्रस्तुत गरिएको पार्टीका स्थानीय नेताहरूले बताएका छन्।
स्थानीय तहका कार्यक्रमहरूमा सहभागी मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले पार्टीका नीतिगत धारणा राख्ने प्रयास गरिरहेकी छन्।
राप्रपाले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न प्रदेशमा केन्द्रीय नेताहरू परिचालन गरिरहेको छ। सोही रणनीतिअनुसार ओलीसहित अन्य नेताहरूलाई समेत प्रदेश–प्रदेशमा खटाइएको पार्टी स्रोतले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण