निर्वाचनपछि बलियो सरकार बन्छ: रवि लामिछाने
सोमबार, ०४ फागुन २०८२, १३ : ४७
सारांश
- रास्वपाका सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने बताए।
- उनले जनताको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए, तर पहिले सरकारमा रहँदा नसकेको स्वीकार गरे।
- स्थानीयसँगको छलफलमा उनले सुकुम्वासी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताएका छन् ।
सोमबार चितवनको कालिका नगरपालिका– ३ मा स्थानीयसँगको छलफलमा लामिछानेले अहिले देशभर रास्वपाको पक्षमा माहौल बनेको दाबी गर्दै आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताएका हुन् । यसअघि सरकारमा रहँदा जनताका समस्या समाधान गर्ने धेरै कोसिस गर्दा गर्दै पनि पुरा गर्न नसकिएको उनले बताए ।
उनले सुकुम्वासीको समस्या आयोग बनाएर नै दीर्घकालीन रूपमा समाधान गर्ने प्रतिबद्धता जनाए ।
कालिका– ३ मा स्थानीयहरूले सुकुम्वासी समस्या समाधानका लागि पटक पटक आश्वासन पाए पनि समाधान हुन नसकेको भन्दै लामिछानेको ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनापछि गृहमन्त्री सुधन गुरुङ र सुरक्षा प्रमुखहरू छलफलमा
-
पहिराेमा परी वृद्धको मृत्यु, एक जनाको उद्धार
-
मोदीको भिडियोले सामाजिक सञ्जालमा मच्चायो हलचल, आईशोस्पीडलाई उछिने
-
सुनसरी गोलीकाण्ड : रास्वपा सांसद थापाद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
-
५० नाघेपछि श्रीमान् छोड्ने एसियाली महिलाहरूको बढ्दो लहर : के हो ‘ग्रे डिभोर्स’ ?
-
बारामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण