‘बी’ डिभिजन क्लबहरूको मताधिकार छनोटमा असहमति, एन्फा निर्वाचन प्रक्रियामा सहभागी नहुने घोषणा
सारांश
- बी डिभिजनका पाँच क्लबले एन्फाको निर्वाचन प्रक्रियामा असहमति जनाउँदै सहभागी नहुने निर्णय गरे।
- क्लबहरूले एन्फाले निर्वाचनको समयतालिका सार्वजनिक नगरेको भन्दै आपत्ति जनाएका छन्।
- क्लबहरूले पारदर्शी, स्पष्ट र विधिसम्मत प्रक्रियाको माग गर्दै निर्वाचन मिति तोक्न आग्रह गरे।
काठमाडौँ । ‘बी’ डिभिजनका पाँच क्लबले एन्फा अर्डिनरी कंग्रेस तथा निर्वाचन कार्यक्रमअन्तर्गत तय गरिएको मताधिकार छनोट प्रक्रियाप्रति गम्भीर असहमति जनाउँदै उक्त प्रक्रियामा सहभागी नहुने निर्णय गरेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरलाई क्लबहरूले बुझाएको पत्रमा आगामी अर्डिनरी कंग्रेस र निर्वाचन कार्यक्रमको समयसीमा सम्बन्धी स्पष्ट कार्यतालिका सार्वजनिक नगरिएको भन्दै आपत्ति जनाइएको हो ।
पत्रमा उल्लेख गरिएअनुसार, २०८२ माघ २८ गतेका लागि तय गरिएको अर्डिनरी कंग्रेस तथा निर्वाचन कार्यक्रमको निर्धारित समयावधि समाप्त भइसकेको अवस्थामा अर्को आधिकारिक निर्वाचन मिति र पूर्ण कार्यतालिका सार्वजनिक नगरी बी डिभिजन क्लबहरूको मताधिकार छनोट कार्यक्रम २०८२ फागुन ४ गते गर्ने भनिएकोप्रति क्लबहरूको असहमति रहेको छ ।
क्लबहरूले एन्फाले नयाँ निर्वाचन मिति र विस्तृत कार्यतालिका विधिवत् रूपमा प्रकाशन नगरेसम्म मताधिकार छनोट प्रक्रियामा सहभागी नहुने स्पष्ट पारेका छन् ।
क्लबहरूले एन्फालाई पारदर्शी, स्पष्ट र विधिसम्मत प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । उनीहरूले निर्वाचन कार्यक्रमको अन्योलताले क्लबहरूबिच असन्तोष सिर्जना भएको उल्लेख गर्दै समयमै स्पष्टता दिन माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण