पशुपतिनाथ र वैद्यनाथ धाम जोड्ने एक्सप्रेस–वेको तयारी, झारखण्डबाट काठमाडौँ ३ घण्टामै पुगिने
सारांश
- नेपाल र भारतका धार्मिक केन्द्र जोड्ने एक्सप्रेस-वे निर्माणको प्रक्रिया अघि बढेको छ।
- यो सडक बनेपछि काठमाडौँबाट झारखण्डसम्मको यात्रा समय आधाभन्दा बढीले घट्नेछ।
- यस परियोजनाको मुख्य उद्देश्य धार्मिक पर्यटन प्रवर्द्धन र सम्बन्ध सुदृढ गर्नु हो।
काठमाडौँ । नेपाल र भारतका दुई महत्त्वपूर्ण धार्मिक केन्द्रहरू पशुपतिनाथ मन्दिर र झारखण्डको देवघरस्थित बाबा वैद्यनाथ धामलाई जोड्ने गरी दुईदेशीय एक्सप्रेस–वे निर्माणको प्रक्रिया अघि बढेको छ। भारतको बिहार सरकारले यस महत्वाकांक्षी योजनालाई अघि बढाउँदै केन्द्र सरकारसमक्ष प्रस्ताव पठाएको छ।
यो सडक सञ्चालनमा आएपछि काठमाडौंबाट झारखण्डसम्मको यात्रा समय आधाभन्दा बढीले घट्ने देखिएको छ। बिहारका सडक निर्माण मन्त्री दिलीप कुमार जैसवालले झारखण्ड र नेपाललाई जोड्ने यो उच्च गतिको कोरिडोर निर्माणको प्रस्ताव विचाराधीन रहेको सार्वजनिक गरे।
बिहार सरकारले आर्थिक वर्ष २०२६–२७ को बजेटमा सडक पूर्वाधारका लागि ८ हजार २६० करोड भारतीय रुपैयाँ विनियोजन गरेको छ, जसको एउटा मुख्य हिस्सा यो धार्मिक कोरिडोरमा खर्च हुने बताइएको छ। केन्द्र सरकारबाट अनुमति पाउने बित्तिकै यसको निर्माण कार्य सुरु हुनेछ।
प्रस्तावित एक्सप्रेस–वेको कुल लम्बाइ करिब २५० किलोमिटर हुने प्रारम्भिक अनुमान छ। यो सडक काठमाडौँबाट सुरु भई नेपालको भीम नगर र वीरपुर हुँदै बिहारको सुपौल जिल्लाबाट भारत प्रवेश गर्नेछ। भारततर्फ यसले बिहारका मधेपुरा, सहरसा, खगरिया, मुङ्गेर र बाँका जिल्लाहरूलाई जोड्दै झारखण्डको देवघरसम्मको पहुँच सहज बनाउनेछ। यो रुटले सीमावर्ती क्षेत्रको कनेक्टिभिटीमा ठुलो सुधार ल्याउने अपेक्षा गरिएको छ।
अहिले बाबा वैद्यनाथ धाम र पशुपतिनाथ मन्दिर बिचको दुरी करिब ५३४ किलोमिटर रहेको छ, जसलाई सडक मार्गबाट पार गर्न १३ देखि १४ घण्टासम्म लाग्ने गर्छ। एक्सप्रेस–वे निर्माण सम्पन्न भएपछि यो दुरी २५० किलोमिटरमा खुम्चिनेछ र यात्रा समय जम्मा २ देखि ३ घण्टामा झर्ने मन्त्री जैसवालले दाबी गरे। यसले समयको बचत मात्र नभई इन्धन खर्चमा समेत उल्लेख्य कटौती गर्नेछ।
यो परियोजनाको मुख्य उद्देश्य धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्नु र नेपाल–भारतबिचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउनु हो। एक्सप्रेस–वे निर्माण भएपछि बिहार र झारखण्डका विभिन्न जिल्लाहरूमा आर्थिक गतिविधि बढ्ने र क्षेत्रीय विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।
भारतले पहिले नै नेपाल–भारत सीमा क्षेत्रमा ५५४ किलोमिटर सडक निर्माण गरिसकेको सन्दर्भमा यो नयाँ एक्सप्रेस–वे सीमावर्ती पूर्वाधार विकासमा कोशेढुङ्गा सावित हुने देखिएको छ। यदि केन्द्र सरकारले चाँडै स्वीकृति दिएमा यो आयोजना आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण