सामान्य अङ्कले घट्यो नेप्से, दुवै आईपीओमा सकारात्मक सर्किट
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक ८.१६ अङ्कले घटेको छ । आइतबार सार्वजनिक बिदा भएका कारण सातामा पहिलो दिन सोमबार खुलेको बजार घटेर २६६२.९१ विन्दुमा ओर्लिएको हो ।
आज बजारमा दिनभरमा ३३५ वटा कम्पनी १ करोड ९६ लाख कित्ता सेयर ७ अर्ब ९४ करोड रुपैयाँमा कारोबार भएको छ ।
आजको बजारमा कुल १६३ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ८६ कम्पनीका लगानीकर्ताले मात्र नाफा कमाएका छन् भने ९ वटा कम्पनीको मूल्य स्थिर रहेको छ। रिलायन्स स्पिनिङ मिल र सालपा विकास बैंकको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसमध्ये रिलायन्स र सालपा आईपीओ जारी भई आजदेखि कारोबार भएका कम्पनी हुन् ।
यस्तै, अपर स्याङे हाइड्रो र गणपति लघुवित्तका लगानीकर्ताहरू पनि क्रमशः ८.१८ र ५.९६ प्रतिशत नाफा कमाउन सफल भएका छन् । आज खानीखोला हाइड्रोपावर ८.१८ गिरावटसहित सर्वाधिक गुमाउने कम्पनी बन्यो ।
बजारमा आज फाइनान्स होटल र उत्पादनमूलक बाहेक सबै समूहमा गिरावट आएको छ । हाइड्रो समूह सबैभन्दा धेरै १.०२ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज रुरु जलविद्युत परियोजना ६५ करोड ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार गर्दै शीर्ष स्थानमा रहेका छन् । आँखुखोला जलविद्युतको ५२ करोड ३६ लाख र ङादी ग्रुप पावर ४८ करोड २७ लाख रुपैयाँको कारोबार भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण