राप्रपाको नवलपरासीमा चुनावी अभियान सुरु
सोमबार, ०४ फागुन २०८२, १८ : १९
बुटवल । नवलपरासी क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले चुनावी अभियान सुरु गरेको छ । उपाध्यक्ष एवं पूर्व मन्त्री ध्रुव बहादुर प्रधानले आज सुनवलको, बर्दगोरिया बाबाको दर्शन गरेर घरदैलो अभियान सुरु गरेका हुन् ।
उनले सुनवनमा रहेको बर्दगोरिया बाबा हुँदै पाल्ली माता पाल्हिनन्दनको आशीर्वाद दिएर घरदैलो अभियान सुरु गरेका छन् । पूर्व प्रहरी प्रमुख समेत रहेका प्रधान २०७९ सालमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । यसपटक पनि उनी यस क्षेत्रबाट उम्मेदवार बनेका छन्।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सोमबारदेखि औपचारिक रूपमा प्रचारप्रसार गर्ने पाइने व्यवस्था अनुसार राप्रपाले घरदैलो अभियान सुरु गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण