कास्कीमा चन्दा असुलीको आरोपमा पक्राउ
सारांश
- कास्की प्रहरीले 'माओवादी' कार्यकर्ता भन्दै चन्दा असुल्ने दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा ३२ वर्षीय लक्ष्मण पाण्डे र ३७ वर्षीय भीमसेन परियार रहेका छन्, उनीहरूबाट चन्दा असुलीका सामग्री बरामद गरियो।
- प्रहरीले उनीहरुलाई चन्दा ऐनअनुसार अनुसन्धान गरिरहेको छ र अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
पोखरा । 'माओवादी' कार्यकर्ता भन्दै डरधम्की देखाएर चन्दा असुल्ने २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा व्यास नगरपालिका–१३ छाब्दी बस्ने ३२ वर्षका लक्ष्मण पाण्डे र कास्कीको माछापुच्छ्रे गाउँपालिका २ का ३७ वर्षीय भीमसेन परियार रहेका छन् ।
उनीहरूको साथबाट चन्दा असुलीमा प्रयोग भएका सामग्री र नगदसमेत बरामद गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गण्डक ब्युरो लेखिएको रसिद प्रहरीले बरामद गरेको हो । उक्त रसिदबाट विभिन्न व्यक्ति र संघ संस्थाको नाममा काटिएका १५ थान अर्धकट्टीसमेत भेटिएको छ ।
प्रहरीले उनीहरूबाट जातवार्ता 'आहुती' लेखिएको १ थान पुस्तक, २ थान डायरी र ३ थान मोबाइल फोनसमेत नियन्त्रणमा लिएको सूचना अधिकारी डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार पक्राउ परेका दुवै जनालाई चन्दा ऐनसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
कास्की जिल्ला अदालतले उनीहरुलाई थप अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । निर्वाचनको मुखमा चन्दाका नाममा चन्दा असुली र त्रास फैलाउने गतिविधिमाथि प्रहरीले निगरानी बढाएको उनले बताए ।
यसअघि प्रकाशित समाचारमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा अमेरिकाको दबदबा, अस्ट्रेलियाविरुद्ध २–० को अग्रता
-
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन
-
अस्ट्रेलियाका बर्गेसको आत्मघाती गोल, अमेरिकालाई सुरुवाती अग्रता
-
इरानसँगको वार्तामा अन्योल उत्पन्न भएपछि राष्ट्रपति ट्रम्प क्याम्प डेभिड प्रस्थान गर्दै
-
म्याग्दीमा रासायनिक मलको अभाव
-
‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को उपाधि प्रितम र सपनालाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण