अस्ट्रेलियालाई जित्नैपर्ने दबाब, श्रीलंकासामु १८२ रनको लक्ष्य
पल्लेकेले । टी–२० विश्वकपअन्तर्गत ३०औँ खेलमा अस्ट्रेलियाले श्रीलंकासामु १८१ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ। पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा श्रीलंकाले टस जितेर पहिले फिल्डिङ रोजेको थियो ।
पहिले ब्याटिङ गरेको अस्ट्रेलिया निर्धारित २० ओभरमा १८१ रनमा अलआउट भयो । टोलीका ओपनर ट्राभिस हेड र मिचेल मार्शले उत्कृष्ट सुरुवात दिलाए । हेडले ५६ रन बनाउँदा मार्शले ५४ रन जोडे । यी दुईबिच शतकीय साझेदारी बनेको थियो, जसले अस्ट्रेलियालाई मजबुत स्थितिमा पुर्याएको थियो ।
मध्यक्रममा जोश इंग्लिसले २७ रन तथा ग्लेन म्याक्सवेलले २२ रनको योगदान दिए । तर, अन्य ब्याटरले ठुलो स्कोर बनाउन नसक्दा अस्ट्रेलिया विशाल योगफल बनाउनबाट वञ्चित रह्यो ।
श्रीलंकाका बलर दुशन हेमन्थाले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए । दुष्मन्था चमीराले २ विकेट हात पारे ।
जिम्बाब्वेविरुद्ध २३ रनले पराजित भएपछि अस्ट्रेलियाका लागि आजको खेल जित्नै पर्ने दबाब छ । यता श्रीलंका भने उत्कृष्ट लयमा देखिएको छ । समूह–बीको अंकतालिकामा शीर्ष स्थानमा रहेको श्रीलंकाले यसअघि आयरल्यान्डलाई २० रन र ओमानलाई १०५ रनले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण