लन्डन दूतावासमा मनाइयो २६३औँ सेना दिवस: 'गोर्खालीहरू नेपाल–बेलायत मित्रताको जीवित प्रतीक'
सारांश
- बेलायतस्थित नेपाली दूतावासले नेपाली सेनाको स्थापना दिवस मनायो।
- कार्यक्रममा बेलायती सेनाका मेजर जनरल र कार्यवाहक राजदूतले सम्बोधन गरे।
- समारोहमा नेपाली सेनाको योगदान र नेपाल-बेलायत सैन्य सम्बन्धको प्रशंसा गरियो।
लन्डन । बेलायतस्थित नेपाली दूतावासले नेपाली सेनाको २६३औँ स्थापना दिवसका अवसरमा सोमबार साँझ दूतावास परिसरमा विशेष समारोहको आयोजना गरेको छ। कार्यक्रममा नेपाल र बेलायत दुवै देशको राष्ट्रिय गान बजाइएपछि औपचारिक कार्यक्रम सुरु गरिएको थियो।
समारोहको उद्घाटन बेलायती सेनाका मेजर जनरल कार्ल बोस्वेल सीबीई र कार्यवाहक राजदूत विपिन दुवाडीले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरेका थिए। कार्यक्रममा बोल्दै कार्यवाहक राजदूत दुवाडीले नेपाली सेनाको गौरवपूर्ण इतिहास र राष्ट्रप्रति पुर्याएको योगदानको चर्चा गरे। उनले सीमाको सुरक्षा, प्राकृतिक विपद्का बेला उद्धार तथा राहत कार्य, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागिता लगायत क्षेत्रमा नेपाली सेनाले देखाएको व्यावसायिकता र समर्पणको प्रशंसा गरे। देशको रक्षा गर्दै ज्यान आहुति दिएका वीर सैनिकप्रति उनले श्रद्धाञ्जली अर्पण गरे।
मेजर जनरल बोस्वेलले २६३औँ स्थापना दिवसको अवसरमा नेपाली सेनालाई बधाई दिँदै यसको इतिहास, अनुशासन र विश्वव्यापी प्रतिष्ठाको खुलेर प्रशंसा गरे। उनले नेपाल–बेलायत सैन्य सम्बन्धलाई ‘अद्वितीय’ बताउँदै संयुक्त तालिम, विपद् व्यवस्थापन सहयोग, व्यावसायिक आदान–प्रदान र अन्तर्राष्ट्रिय शान्ति तथा स्थायित्वप्रतिको साझा प्रतिबद्धताले दुई देशबीचको सम्बन्ध अझ सुदृढ भएको उल्लेख गरे। गोर्खा सैनिकहरू नेपाल–बेलायत मित्रताको जीवित प्रतीक भएको पनि उनले बताए।
कार्यक्रमको सुरुवातमा सैन्य सहचारी ब्रिगेडियर जनरल अनुप शाहले अतिथिहरूलाई स्वागत गर्दै नेपाली सेनाको अनुशासन, समर्पण र पेशागत दक्षताबारे प्रकाश पारेका थिए। कार्यक्रममा नेपाली सेनाका विभिन्न गतिविधि र उपलब्धिहरू समेटिएका श्रव्यदृश्य सामग्री पनि प्रदर्शन गरिएको थियो।
समारोहमा बेलायतस्थित उच्च सैनिक अधिकारी, विभिन्न देशका रक्षा सहचारी, सरकारी प्रतिनिधि तथा नेपाली समुदायका अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको दूतावासले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण