हेटौंडाकाे चिसापानीमा शङ्कास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज
सारांश
- नेपाल बन्दको दिन मकवानपुरको हेटौँडामा शङ्कास्पद वस्तु फेला परेको थियो।
- चिसापानीमा फेला परेको खतरा लेखिएको शङ्कास्पद वस्तु नेपाली सेनाले डिस्पोज गर्यो।
- शङ्कास्पद वस्तु फेला परेपछि केही समय सडकमा यातायात अवरुद्ध भएको थियो र अहिले सुचारु भएको छ।
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आज (मंगलबार) आह्वान गरेको नेपाल बन्द घोषणासंगै मकवानपुरको हेटौँडामा शङ्कास्पद बस्तु फेला परेको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१६ स्थित चिसापानीमा खतरा लेखिएको शङ्कास्पद बस्तु फेला परेको हो ।
उक्त फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । बिहान करिब ५ः१५ बजेको समयमा अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरी मोबाइल मोटरसाइकल गस्ती टोलीले धरान–चतरा सडकखण्डको बिच भागमा एउटा शङ्कास्पद वस्तु फेला पारेको थियो । सेतो कपडाले बेरिएको उक्त वस्तुको बाहिरपट्टि 'खतरा' लेखिएको थियो ।
सडकको बिचमै शङ्कास्पद वस्तु देखिएपछि केही बेर उक्त सडकखण्डमा सवारी आवागमनमा समेत अवरोध पुगेको थियो । प्रहरीले उक्त क्षेत्रलाई सुरक्षित राख्दै डिस्पोजका लागि नेपाली सेनासँग समन्वय गरेको थियो । नेपाली सेनाले बिहान ८:१० बजे उक्त शङ्कास्पद वस्तुलाई सुरक्षित रूपमा डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जनाकारी दिए ।
डिस्पोजपश्चात् अहिले उक्त सडकखण्डमा यातायात सुचारु भएको उनले बताए । उक्त वस्तु कसले र किन राखेको हो भन्नेबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण