बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
टी–२० विश्वकप

जिम्बाब्वेलाई इतिहास रच्ने सुनौलो मौका : आयरल्याण्ड हारे अस्ट्रेलियालाई खतरा

मङ्गलबार, ०५ फागुन २०८२, १३ : १९
मङ्गलबार, ०५ फागुन २०८२

सारांश

  • टी-२० विश्वकपमा जिम्बाब्वे र आयरल्याण्डबीचको खेलमा जिम्बाब्वेले जिते सुपर-८ मा पुग्ने अवसर पाउनेछ।
  • जिम्बाब्वेका ब्रायन बेनेट र बलरहरूको उत्कृष्ट प्रदर्शन रहेको छ भने आयरल्याण्डका कप्तान स्टर्लिङ घाइते भएका छन्।
  • पल्लेकेलेको पिच ब्याट्सम्यानका लागि सहयोगी मानिन्छ र खेलको दिन वर्षाको सम्भावना रहेको छ।
00:00 / NaN:NaN
Audio By AI

पल्लेकेले। टी-२० विश्वकप अन्तर्गत ३२औं खेलमा मंगलबार पल्लेकेलेमा समूह ‘बी’ मा जिम्बाब्वे र आयरल्याण्ड आमनेसामने हुँदैछन्। यो खेल जितेमा जिम्बाब्वेका लागि पहिलो पटक सुपर-८ मा पुग्ने सुनौलो अवसर हुनेछ।

जिम्बाब्वेले अहिलेसम्म प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ । यदि उसले आयरल्याण्डलाई हराएमा तीन खेलबाट ६ अंक हुनेछ। यद्यपि, यति अंक जोड्दा पनि सुपर-८ मा उसको स्थान पूर्ण रूपमा सुरक्षित भने भइसकेको हुनेछैन।

413430

  • समूह ‘बी’ को रोमाञ्चक समीकरण

समूह ‘बी’ को स्थिति निकै रोमाञ्चक बनेको छ। श्रीलंकाको दुई खेलमा ४ अंक छ भने अस्ट्रेलियाको दुई खेलमा २ अंक छ । जिम्बाब्वेले आफ्नो अन्तिम समूह खेल १९ फेब्रुअरीमा आयोजक श्रीलंकाविरुद्ध खेल्नुपर्नेछ। यदि श्रीलंका र अस्ट्रेलियाले पनि आफ्ना बाँकी खेल जितेर ६-६ अंक पुर्‍याए भने सुपर-८ को निर्णय ‘नेट रन रेट’ का आधारमा हुनेछ।

जिम्बाब्वे अहिलेसम्म सात पटकको प्रयासमा कहिल्यै पनि सुपर-८ चरणसम्म पुग्न सकेको छैन, त्यसैले यसपटक टोलीसँग इतिहास रच्ने राम्रो मौका छ।

  • हेड-टु-हेड 

जिम्बाब्वे र आयरल्याण्डबिच अहिलेसम्म १८ टी-२० खेल भएका छन्। दुवै टोलीले ८-८ खेल जितेका छन् भने २ खेलको नतिजा आएको छैन।

brian bennet

  • ब्रायन बेनेट र बलरको उत्कृष्ट लय

जिम्बाब्वेको सफलतामा शीर्ष क्रमका ब्याटर ब्रायन बेनेट र तीव्र गतिका बलरहरूको ठूलो भूमिका छ। बेनेटले ओमानविरुद्ध अविजित ४८ र अस्ट्रेलियाविरुद्ध अविजित ६४ रन बनाएर टोलीलाई सम्हालेका छन्। उनी टोलीका लागि प्रतियोगिताका शीर्ष रन स्कोरर हुन् । उनले २ खेलमा १२१.७३ स्ट्राइक रेटसहित ११२ रन बनाएका छन्। 

बलिङतर्फ ब्लेसिङ मुजरबानीले २ खेलमा ७ विकेट र ब्राडली इभान्स ६ विकेट लिँदै घातक साबित भएका छन्। उनीहरूले ओमानलाई १०३ रनमै समेटेका थिए।

  • आयरल्याण्डको चुनौती: कप्तान स्टर्लिङ बाहिर, तर टकर फर्ममा

अर्कोतर्फ, सुरुवाती दुई खेल हारेर लगभग बाहिरिने संघारमा पुगेको आयरल्याण्डले ओमानविरुद्ध ९६ रनको जित निकाल्दै आफ्नो शक्ति देखाएको छ। तर, आयरल्याण्डका लागि नराम्रो खबर छ । नियमित कप्तान पल स्टर्लिङ घुँडाको चोटका कारण बाहिरिएका छन्।

lorcan tucker

उनको स्थानमा कप्तानी गरिरहेका लोर्कन टकरले ओमानविरुद्ध ५१ बलमा ९४ रनको तूफानी पारी खेलेका थिए। आयरल्याण्डले उक्त खेलमा २३५ रन बनाएको थियो, जुन यस विश्वकपको सर्वाधिक स्कोर हो। टकर आयरल्याण्डका टप स्कोरर हुन् । उनले हालसम्म ३ खेलमा १३९ रन जोडेका छन्।

  • पल्लेकेलेको पिच र मौसम

पल्लेकेले इन्टरनेसनल क्रिकेट स्टेडियमको पिच ब्याटरहरूका लागि सहयोगी मानिन्छ। यहाँ पहिलो इनिङको औसत स्कोर १७१ रन छ। यद्यपि, खेलको दिन बिहानैदेखि हल्का वर्षाको ३०-४०% सम्भावना रहेको मौसम विभागले जनाएको छ। 

तापमान २१ डिग्री सेल्सियस आसपास रहनेछ। यहाँ पछिल्ला ५ मध्ये ३ खेल लक्ष्य पछ्याउने टोलीले जितेकाले टस जित्ने टोलीले बलिङ रोज्न सक्छ।

ireland

दुवै टोलीको सम्भावित प्लेइङ-११

  • आयरल्याण्ड: टिम टेक्टर, रस अडायर, ह्यारी टेक्टर, लोर्कन टकर (कप्तान र विकेटकिपर), कर्टिस क्याम्पर, ग्यारेथ डेलानी, जर्ज डकरेल, मार्क अडायर, ब्यारी म्याकार्थी, म्याथ्यू हम्फ्रीज र जोशुआ लिटिल।
  • जिम्बाब्वे: ब्रायन बेनेट, तदिवानाशे मारुमनी, डायोन मायर्स, रायन बर्ल, सिकन्दर रजा (कप्तान), ब्राडली इभान्स, टोनी मुनयोङ्गा, तासिङ्गा मुसेकिवा, वेलिङ्टन मसाकाद्जा, ग्रीम क्रेमर, ब्लेसिङ मुजरबानी।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप