मोटरबोटमा ओलीको सयर
मङ्गलबार, ०५ फागुन २०८२, १५ : ३७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार झापाको दमकस्थित ईन्द्रेणी तालमा पुगेर मोटरबोट सयर गरेका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका पूर्वप्रधानमन्त्री ओली दमकका विभिन्न टोलमा पुगेर मतदातासँग भेट गर्ने क्रममा दमकको वडा नम्बर १० पुगेर मोटरबोट सयर गरेका हुन् ।
ओलीले अन्य यात्रुहरूसँगै मोटरबोट चढेर तालको अवलोकन गरेका हुन् ।
दमकको दक्षिणी भेगमा रहेको ईन्द्रेणी ताललाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने प्रयास स्वरूप केही समय अघि देखि सो मोटरबोट सञ्चालनमा ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम १६ मा प्रवेशका लागि कोलम्बिया र घानाबिच प्रतिस्पर्धा सुरु
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपका लगातार ८ खेलमा गोल गर्ने एकमात्र खेलाडी बने मेस्सी
-
अर्जेन्टिनासँग हारको बाबजुद केप भर्डेले जित्यो फुटबल जगतको मन
-
केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
-
रोमेरोको गोलसँगै अर्जेन्टिनाले फेरि लियो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण