जस्मिन पेन्ट्सले डिलरहरुलाई दियो विश्वकप प्रत्यक्ष हेर्ने अवसर
काठमाडौं । जस्मिन पेन्ट्सले डिलरहरुलाई विश्वकप प्रत्यक्ष हेर्ने अवसर दिएको छ । नेपाली पेन्ट्स उद्योगमध्ये अग्रणी स्थानमा रहेको उक्त कम्पनीले डिलरहरुलाई भारतमा जारी आईसीसी पुरुष टीट्वान्टी विश्वकप २०२६ अवलोकनका लागि लगेको हो ।
कम्पनीका डिरेक्टर सौगात अर्याल तथा कन्ट्री म्यानेजर डिल्लीराम पौडेल सहितको नेतृत्वमा उक्त भ्रमण सम्पन्न भएको छ ।
भ्रमणका क्रममा कम्पनीका ब्राण्ड एम्बेसडर समेत रहेका नेपाली क्रिकेटका पूर्व कप्तान एवं नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काको उपस्थितिमा विशेष कार्यक्रम समेत आयोजना गरिएको थियो ।
भ्रमणको मुख्य उद्देश्य नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई समर्थन तथा हौसला प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ । उक्त अवसरमा सहभागीहरुलाई कम्पनीको तर्फबाट मायाको चिनोस्वरूप पारस खड्काले हस्ताक्षर गरेको क्रिकेट ब्याट प्रदान गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण