मैथिली भाषा र साहित्यको विकासका लागि अगामी दिनमा थप लगानी आवश्यक: मुख्यमन्त्री यादव
सारांश
- मुख्यमन्त्री यादवले मैथिली भाषाको विकासका लागि थप लगानी गर्ने बताए।
- महोत्सवमा भाषा, साहित्य र संस्कृतिको महत्वबारे चर्चा भयो।
- महोत्सव फागुन ८ गतेसम्म चल्नेछ, जसमा नेपाल र भारतका विद्वानहरूको सहभागिता छ।
जनकपुर । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारले मैथिली भाषा र साहित्यको विकासका लागि अगामी दिनमा थप लगानी गर्ने बताएका छन् ।
‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८२’ को मंगलबार जनकपुरधाममा उद्घाटन गर्दै उनले मैथिली भाषा, साहित्य तथा संस्कृतिको विकासका लागि यस्ता प्रकारका महोत्सव महत्त्वपूर्ण भएको बताएका हुन् । उनले मधेस प्रदेशमा सबैभन्दा बढी बोलिने मैथिली भाषालाई कामकाजी भाषा बनाउने तर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।
मैथिली विकास कोषको आयोजना तथा मधेस प्रदेश सरकारको शिक्षा र संस्कृति मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका, राजर्षिजनक विश्व विद्यालयको सहितको निकायको सह–आयोजनामा महोत्सव सुरु भएको छ ।
मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले मैथिली भाषा तथा साहित्य र कलाको विकासका लागि यस्ता प्रकारका महोत्सव महत्त्वपूर्ण भएको बताए ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले मैथिली भाषा, साहित्य तथा संस्कृतिको विकासका लागि उपमहानगरपालिका निरन्तर रूपमा काम गरिरहेको बताए ।
कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री श्यामप्रसाद पट्टेल, प्रदेश सभासदस्य रामसरोज यादव, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल सहितका वक्ताहरूले धारणा राखेका थिए । चार दिवसीय अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा नेपाल–भारतका मैथिली भाषा, साहित्य, संस्कृतिका साथै आर्थिक, सामाजिक क्षेत्रमा विशिष्ट योगदान दिनु भएका विद्वान तथा विदुषी, कालाकारहरूको सहभागिता छ । महोत्सव यही फागुन ८ गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण