जुम्लाका पाँच उम्मेदवारले लिए बैँक खाता खोल्न सिफारिस
सारांश
- जुम्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँच जना उम्मेदवारले मात्र बैंक खाता खोल्न सिफारिस लिएका छन्।
- निर्वाचन आयोगले उम्मेदवारहरूलाई बैंक खातामार्फत खर्च गर्न निर्देशन दिएको छ।
- बैंक खाता नखोलेमा कानुनी समस्या हुने र खर्च विवरण पेश गर्नुपर्ने प्रावधान छ।
जुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा दश उम्मेदवारमध्ये पाँचजनाले मात्र बैंक खाता खोल्न जिल्ला निर्वाचन कार्यालयबाट सिफारिस लिएका छन् ।
जिल्ला निर्वाचन अधिकारी दीपेन्द्र कँडेलका अनुसार जिल्लामा विभिन्न नौवटा राजनीतिक दलसहित एकजना स्वतन्त्र गरी १० जना उम्मेदवारले निर्वाचनमा भाग लिएका छन् । उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न, गराउन नहुने भनी राजनीतिक दललाई निर्वाचन आयोगले निर्देशन दिएको छ ।
जसअनुसार जुम्लामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार नरेश भण्डारी, नेकपा एमालेका उम्मेदवार शान्तिलाल महत, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का मनऋषि धिताल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की विनीता कठायत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाहीले बैंक खाता खोल्न निर्वाचन कार्यालय जुम्लाबाट सिफारिस लिएको निर्वाचन अधिकारी कँडेलले जानकारी दिए ।
निर्वाचन खर्च प्रयोजनका लागि बैँक खाता नखोलेका उम्मेदवारलाई कार्यालयले जानकारी गराएको छ । आयोगले २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा वा खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्ने जनाएको छ ।
निर्वाचनलाई लक्षित गर्दै आयोगले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको हो । आयोगले विभिन्न आधारमा भूगोलअनुसार उम्मेदवारले रु २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरेको छ ।
उम्मेदवारले बैंक खाता नखोलेमा कानुनी समस्या हुने जनाइएको छ । निर्वाचनपछि खर्च विवरण आयोगमा बुझाउनु पर्ने प्रावधान छ । बैंक खाता नखोली गरिएको खर्चलाई आयोगले मान्यता नदिने र कानुनी समस्या उत्पन्न हुन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण