कञ्चनपुर–३ को चुनावी भिडन्त : घण्टीले भत्काउला पुराना दलको विरासत ?
सारांश
- कञ्चनपुर क्षेत्र नम्बर ३ मा यस पटकको चुनावमा मतदाताहरू नयाँ विकल्प खोजिरहेका छन्।
- कांग्रेस नेता रमेश लेखकको अनुपस्थिति र एमालेभित्रको असन्तुष्टिले रास्वपाका उम्मेदवारलाई फाइदा पुग्ने देखिन्छ।
- मतदाताहरूले स्थानीय समस्या समाधान गर्ने र दैनिक जीवनमा परिवर्तन ल्याउने नेता खोजिरहेका छन्।
धनगढी । कञ्चनपुरमा प्रतिनिधि सभाका तीन वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर–३ मा यस पटक विगत भन्दा फरक चुनावी माहोल छ। फरक चुनावी माहोलमा मतदाताहरू पनि यस पटक यो क्षेत्रबाट विगत भन्दा फरक किसिमको नतिजा आउने दाबी गर्छन्।
यो क्षेत्र अन्तर्गत पर्ने दोधारा–चाँदनी नगरपालिका, भीमदत्त नगरपालिकाका सबै वडा र वेदकोट नगरपालिकाको वडा नं. ८ का मतदाताहरू आफूहरूले परिवर्तन खोजेको बताउँछन्। दोधारा चाँदनी नगरपालिकाका स्थानीय हरिप्रसाद भट्ट यसपटक कुनै द्विविधामा छैनन्। ‘धेरैलाई हेरियो, धेरैका आश्वासन सुनियो। केहि काम भएन, त्यसैले यसपालि नयाँलाई नै भोट दिएर हेर्ने विचार गरेको छु’, उनले भने।
त्यस्तै, भीमदत्त नगरपालिकाकी तुलसा महराको बुझाइ पनि त्यस्तै छ। ‘पुराना दलले हाम्रो भोटलाई अधिकार दुरुपयोग गरे, यसपटक माहोल घण्टीकै छ। गाउँमा सबैले नयाँलाई मौका दिने कुरा गरिरहेका छन्’, उनले भनिन्।
वेदकोट–८ की फुलरीदेवी भाटले पनि यस पटक आफूले विगतभन्दा अहिले फरकलाई भोट दिने तयारी भइरहेको बताइन्। ‘अहिले सबैतिर रास्वपाकै चर्चा छ। गाउँलेहरू भेला हुँदा अब नयाँलाई नै भोट दिने भन्छन्। मलाई पनि नयाँ मान्छेले केही गर्छन् कि भन्ने आशा पलाएको छ। काम हेर्नका लागि भए पनि यसपालि भोट नयाँलाई नै जान्छ’, उनले भनिन्।
कञ्चनपुर–३ नेपाली कांग्रेसका नेता रमेश लेखकको गृह क्षेत्र हो। २०५६ सालदेखि संसदीय राजनीतिमा सक्रिय लेखक २०६४ को संविधानसभा निर्वाचनबाहेक हरेक पटक यहाँबाट उम्मेदवार बन्दै आएका थिए। तर, यसपटक कांग्रेसले लेखकलाई मैदानमा उतारेको छैन। उनको सट्टा पूर्व जिल्ला सभापति हरिप्रसाद बोहोरालाई टिकट दिइएको छ।
कांग्रेसको यो निर्णयले पार्टीभित्र ठुलो हलचल ल्याएको छ। लेखक पक्षधर कार्यकर्ताहरू रुष्ट छन्। दशकौँदेखि लेखकलाई नेता मान्दै आएको एउटा ठुलो तप्काले बोहोरालाई सहजै स्वीकार गर्न सकिरहेको छैन। ‘रमेश लेखक नहुँदा कांग्रेसको सङ्गठनमा ऊर्जा देखिएको छैन। कार्यकर्ता विभाजित छन्,’ स्थानीय एक नेताले भने।
यस्तो अवस्थामा कांग्रेसको परम्परागत मत विभाजित हुने निश्चित छ। यसको प्रत्यक्ष लाभ रास्वपाका उम्मेदवारलाई पुग्न सक्ने धेरै आकलन छ।
कांग्रेस उम्मेदवार हरिप्रसाद बोहोरा पहिलो पटक संसदीय निर्वाचनमा होमिएका हुन्। सङ्गठनमा पकड भए पनि चुनावको मास सेन्टिमेन्ट समात्न उनलाई चुनौतीपूर्ण देखिएको छ।
२०७९ को निर्वाचनमा यस क्षेत्रमा रमेश लेखकले ३० हजार ५७५ मत ल्याएर विजयी भएका थिए। एमालेकी निरुदेवी पालले भने १८ हजार ४८५ मत ल्याएकी थिइन्।
नेकपा एमालेले यस क्षेत्रमा डा दीपकप्रकाश भट्टलाई चुनावी मैदानमा उतारेको छ। भट्ट २०७४ को निर्वाचनमा वाम गठबन्धनको बलमा रमेश लेखकलाई पराजित गर्दै सांसद बनेका थिए। तत्कालीन समयमा एमाले र माओवादी मिलेर चुनाव लडेका कारण उनले जित निकालेका थिए। २०७९ मा एमालेकी निरुदेवी पाल लेखकसँग पराजित भइन्।
डा भट्ट बौद्धिक र शालीन नेता मानिए पनि यसपटक एमालेलाई पुरानो शाख जोगाउन मुस्किल देखिन्छ। सत्ता समीकरणमा फेरबदल भइरहने र स्थानीय स्तरमा भोट ट्रान्सफरको समस्याले एमालेलाई पनि दबाबमा पारेको छ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टीबाट मानबहादुर सुनार पनि प्रतिस्पर्धामा छन्। उनी सुदूरपश्चिम प्रदेश सरकारका पूर्व कृषि राज्यमन्त्री हुन्। २०७४ मा प्रदेशसभा जितेका सुनारको व्यक्तिगत प्रभाव केही क्षेत्रमा भए पनि समग्र निर्वाचन क्षेत्रमा उनको पकड खासै बलियो छैन।
राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकारिता पृष्ठभूमि भएका ज्ञानेन्द्र महतालाई उम्मेदवार बनाएको छ। पत्रकारिताका कारण स्थानीय समस्याहरूसँग नजिक रहेका महताका लागि नयाँ अनुहार हुनु नै सबैभन्दा ठुलो पुँजी बनेको मतदाताहरू बताउँछन्।
युवा पुस्ता र सामाजिक सञ्जालमा सक्रिय मतदाताहरू परम्परागत दलहरूको विकल्प खोजिरहेका छन्। ज्ञानेन्द्र महताले यही विकल्पको खोजीलाई आफ्नो पक्षमा पार्ने कसरत गरिरहेका छन्।
२०७९ को निर्वाचनमा यस क्षेत्रमा रमेश लेखकले ३० हजार ५७५ मत ल्याएर विजयी भएका थिए। एमालेकी निरुदेवी पालले भने १८ हजार ४८५ मत ल्याएकी थिइन्। समानुपातिकतर्फको मत परिणामलाई हेर्दा रास्वपाको उदय रोचक देखिन्छ। २०७९ को समानुपातिक मत नेपाली कांग्रेसले २० हजार ५ सय ७१ ल्याएको थियो। यस्तै नेकपा एमालेले ११ हजार ८ सय १६, राप्रपाले ६ हजार २६, रास्वपाले ४ हजार ९ सय मत ल्याएको थियो। माओवादी केन्द्रले ४ हजार ४ सय ६२ मत ल्याएको थियो।
भीमदत्त नगरपालिकाको मझगाउँ विमानस्थल पुनर्निर्माणको काम कछुवा गतिमा छ। महाकाली करिडोरका लागि बजेटको अभाव छ। दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणाधीन अवस्थामा भए पनि यसको गति सुस्त छ। चार लेनको पक्की पुल बने पनि त्यसले स्थानीयको आर्थिक जीवनमा ल्याउनुपर्ने परिवर्तन अझै महसुस हुन सकेको छैन।
त्यतिबेला ४ हजार ९सय मत ल्याएको रास्वपाले अहिले कसरी जितको दाबी गरिरहेको छ त ? विश्लेषकहरूका अनुसार, यो निर्वाचनमा कांग्रेस र एमालेका असन्तुष्ट मतदाता, राप्रपाको केही मत र निर्णायक मतदाताहरू रास्वपातिर ढल्किने सम्भावना बलियो छ। विशेष गरी कांग्रेसमा रमेश लेखकको अनुपस्थितिले सिर्जना गरेको रिक्तता र एमालेभित्रको आन्तरिक असन्तुष्टिले रास्वपालाई अप्रत्याशित विजेता बनाउन सक्ने स्थानीय भवानी चौधरीको विश्लेषण छ।
कञ्चनपुर–३ का मतदाताहरूले बर्सेनि उही समस्या भोग्दै आएका छन्। दोधारा चाँदनीमा महाकाली र जोगबुडा नदीको बाढी र कटानले बर्सेनि सयौँ परिवार विस्थापित हुन्छन्। प्रत्येक चुनावमा उम्मेदवारहरूले पक्की तटबन्धको आश्वासन दिन्छन्, तर बर्खा लागेपछि स्थानीयहरू समस्या हुन्छन्।
भीमदत्त नगरपालिकाको मझगाउँ विमानस्थल पुनर्निर्माणको काम कछुवा गतिमा छ। महाकाली करिडोरका लागि बजेटको अभाव छ। दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणाधीन अवस्थामा भए पनि यसको गति सुस्त छ। चार लेनको पक्की पुल बने पनि त्यसले स्थानीयको आर्थिक जीवनमा ल्याउनुपर्ने परिवर्तन अझै महसुस हुन सकेको छैन।
पुराना दलका नेताहरूले यी परियोजनालाई आफ्नो उपलब्धि मान्छन् भने नयाँ दलका उम्मेदवारहरू यसलाई भ्रष्टाचार र ढिलासुस्तीको नमुना भन्दै आलोचना गरिरहेका छन्। मतदाताहरू अब ठुला सपनाभन्दा पनि दैनिक जीवनमा देखिने परिवर्तनको खोजीमा रहेको भावना भट्टले बताइन्। ‘हामी काम गर्ने हाम्रो समस्या बुझ्ने नेता चाहन्छौ,’उनले भनिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण