२ क्विन्टल गाँजासहित धनकुटाबाट दुई जना पक्राउ
सारांश
- धनकुटाको साँगुरीगढीमा २०५ केजी गाँजासहित दुई जना पक्राउ परेका छन्।
- प्रहरीले विशेष सूचनाको आधारमा जङ्गलमा लुकाएर राखेको गाँजा फेला पारेको थियो।
- पक्राउ परेका व्यक्तिहरूमा ३३ वर्षीय प्रकाश राई र ३४ वर्षीय अशोक राई रहेका छन्।
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ गर्जुवास्थित जङ्गलबाट ठुलो परिमाणको लागू औषध गाँजासहित दुई जना पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र प्रहरी चौकी मुलघाटबाट खटिएको संयुक्त टोलीले २०५ केजी गाँजासहित स्थानीय दुई युवालाई नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाका आधारमा फागुन ५ गते सो क्षेत्रमा पुगेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सेतो प्लास्टिकका १० वटा बोरामा लुकाएर राखिएको गाँजा फेला पारेको थियो । पक्राउ पर्नेमा साँगुरीगढी–७ का ३३ वर्षीय प्रकाश राई र ३४ वर्षीय अशोक राई रहेका छन् । प्रहरीले जङ्गलको बाटो हुँदै गाँजा ओसारपसार भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । यति ठुलो परिमाणको गाँजा कहाँ लैजान लागिएको थियो भन्नेबारे प्रहरीले खोजी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण