कुङफु खेल्ने अचम्मको चिनियाँ रोबोट
काठमाडौँ । ह्युमनोइड रोबोट अर्थात् मानिस जस्तै देखिने यन्त्र मानवले जटिल कार्य गर्न सक्दैनन् भन्ने मान्यतालाई चिनियाँ प्रविधि कम्पनी युनिट्रीले गलत साबित गरिदिएको छ ।
हालै आयोजित एक प्रदर्शनीमा युनिट्रीका ‘जी वान’ (न्१) र ‘एच टु’ (ज्२) मोडलका रोबोटहरूले मानिससँगै उभिएर उस्तै दक्षताका साथ कुङफु प्रदर्शन गरेर विश्वलाई नै स्तब्ध पारेका छन् ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा यी रोबोटहरू सामान्य मानिसभन्दा बढी लचिलो र फुर्तिला देखिएका छन्। रोबोटले मार्सल आर्टका कठिन विधा जस्तै सोमरसल्ट (उल्टो उफ्रिने), लट्ठी नाच, तरबारबाजी र नन्चकु चलाएको दृश्य निकै प्रभावशाली छ ।
यी रोबोटहरूले कुनै बाह्य सहयोग बिना आफ्नै सेन्सरको भरमा वातावरण बुझेर र बाटो तय गरेर यस्तो प्रदर्शन गरेका हुन्। प्रदर्शनीका क्रममा कसैले धक्का दिए पनि उनीहरूले तुरुन्तै आफैँलाई सम्हाल्ने क्षमता देखाएका छन् ।
युनिट्रीका संस्थापक वाङ सिङसिङका अनुसार दर्जनौँ रोबोटहरूले एकसाथ तालमेल मिलाएर यो प्रदर्शनी गरेका हुन् । सिसीटिभीको विशेष कार्यक्रममा देखिएको यो अद्भुत कौशलपछि युनिट्रीका रोबोटहरूको मागमा १५० प्रतिशतले वृद्धि भएको छ ।
प्रविधि क्षेत्रमा यो सफलतालाई जति गर्विलो मानिएको छ, रोबोटको यो तहको विकासले भविष्यका लागि केही मानिसहरूमा डर समेत पैदा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण