रंगभेदीहरू डरपोक हुन्ः भिनिसियस, आफू निर्दोष रहेको प्रेस्टियानीको दाबी
लिस्बन । रियल म्याड्रिडका विङ्गर भिनिसियस जुनियरले रंगभेद गर्नेहरू डरपोक भएको टिप्पणी गरेका छन्। मंगलबार राति लिस्बनमा भएको च्याम्पियन्स लिग खेलका क्रममा बेन्फिकाका मिडफिल्डर जियानलुका प्रेस्टियानीले आफूमाथि रंगभेदी गाली गरेको भन्दै भिनिसियसले उजुरी गरेपछि यूईएफएले यस विषयमा औपचारिक अनुसन्धान सुरु गरेको छ।
रियल मड्रिडले १–० ले जितेको उक्त खेलमा भिनिसियसले गोल गरेलगत्तै विवाद सुरु भएपछि रेफ्री फ्रान्कोइस लेटेक्सियरले खेल १० मिनेटसम्म रोकेका थिए। विवाद बढ्दै जाँदा दुवै टोलीका खेलाडीहरू केही समयका लागि मैदान बाहिर समेत गएका थिए।
भिनिसियसले सामाजिक सञ्जाल इन्स्टाग्राममा आक्रोश पोख्दै रंगभेदीहरू कमजोर हुने र उनीहरूलाई सजाय दिनुपर्ने निकायले नै संरक्षण गरिरहेको आरोप लगाए। उनले आफूले गोलको खुसी मनाउँदा उल्टै पहेँलो कार्ड पाएकोमा आश्चर्य प्रकट गर्दै रंगभेद विरुद्धको प्रोटोकल कमजोर रहेको टिप्पणी गरे।
अर्कोतर्फ, २० वर्षीय अर्जेन्टिनी खेलाडी प्रेस्टियानीले भने आफूले कुनै रंगभेदी शब्द प्रयोग नगरेको दाबी गरेका छन्। भिनिसियसले सुन्नमा गल्ती गरेको भन्दै प्रेस्टियानीले आफू कहिल्यै रंगभेदी नरहेको र उल्टै रियलका खेलाडीहरूबाट धम्की पाएको बताए।
बेन्फिकाले पनि भिडियो फुटेजको हवाला दिँदै निकै टाढाबाट रियलका खेलाडीले प्रेस्टियानीको कुरा सुन्न असम्भव रहेको भन्दै आफ्नो खेलाडीको बचाउ गरेको छ।
यस घटनालाई लिएर रियलका अर्का स्टार खेलाडी केलियन एमबाप्पेले कडा प्रतिक्रिया दिएका छन्। उनले रंगभेदी व्यवहार गर्ने खेलाडीलाई च्याम्पियन्स लिग जस्तो प्रतिष्ठित प्रतियोगितामा खेल्न प्रतिबन्ध लगाउनुपर्ने माग गरे। यूईएफएको नियम अनुसार यदि प्रेस्टियानी दोषी ठहरिएमा उनले कम्तीमा १० खेलको प्रतिबन्ध भोग्नुपर्नेछ।
सन् २०२१ मा ग्लेन कामारामाथि रंगभेदी टिप्पणी गर्ने ओन्ड्रेज कुडेलालाई पनि यही नियम अनुसार १० खेलको प्रतिबन्ध लगाइएको थियो। यूईएफएले नियुक्त गरेको नैतिक तथा अनुशासन निरीक्षकले अनुसन्धान प्रतिवेदन बुझाएपछि मात्र प्रेस्टियानीको भविष्यबारे अन्तिम फैसला हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण