क्युबामाथि नाकाबन्दी नगर्न मस्कोद्वारा अमेरिकासँग आग्रह
मस्को । क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाई आग्रह गरेको छ । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले क्युबाका समकक्षी ब्रुनो रोड्रिगेज पारिलासँगको भेटमा बुधबार सो सुझाव दिएका हुन् ।
विदेशमन्त्री लाभरोभले भने- “अन्तर्राष्ट्रिय समुदायको विशाल बहुमतसँग मिलेर हामी संयुक्त राज्य अमेरिकालाई सामान्य ज्ञानका साथ काम गर्न, जिम्मेवार अडान लिन र नौसैनिक नाकाबन्दीको योजना त्याग्न आग्रह गर्दछौँ।”
लाभरोभले क्युबासँगको सहयोग वाशिङ्टनविरुद्ध रहेको भन्ने आरोपलाई मस्कोले अस्वीकार गरेको बताउँदै वासिङ्टन र हवानाबीचको सबै विवादलाई वार्ताबाट समाधान गर्नुपर्ने बताए ।
“हामी क्युबा र क्युवाली जनताकोसार्वभौमिकता र सुरक्षा कायम गर्न समर्थन जारी राख्नेछौँ,” उनले भने ।
उनले थपे, “रूसले क्युबालाई लक्षित गर्ने अमेरिकी कानूनको निन्दा गर्दछ, जुन क्युबाले संयुक्त राज्य अमेरिकाका लागि खतरा हो भन्ने गलत दाबीमा आधारित छ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण