च्याम्पियन्स लिगः न्युक्यासलको शानदार जित, एथ्लेटिको म्याड्रिड् बराबरीमा रोकियो
सारांश
- च्याम्पियन्स लिग प्लेअफमा न्युक्यासल युनाइटेडले काराबाग एफकेलाई ६-१ गोलले पराजित गर्यो।
- क्लब ब्रुग र एथ्लेटिको म्याड्रिडले ३-३ गोलको बराबरी खेले, खेल रोमाञ्चक बन्यो।
- एन्थोनी गोर्डनले ह्याट्रिकसहित चार गोल गरे भने जुलियन आल्भारेजले एथ्लेटिकोका लागि गोल गरे।
काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत प्लेअफका खेलहरूमा रोमाञ्चक परिणामहरू देखिएका छन् । हिजो (मंगलबार) सम्पन्न खेलमा न्युक्यासल युनाइटेडले काराबाग एफकेमाथि ६–१ को फराकिलो जित दर्ता गर्यो भने आज (बुधबार) क्लब ब्रुग र एथ्लेटिको म्याड्रिडले ३–३ गोलको बराबरी खेलेका छन् ।
काराबाग एफकेको मैदानमा न्युक्यासलले प्रभावशाली जित हात पार्यो । एन्थोनी गोर्डनले चार गोल गर्दै ह्याट्रिक सहित टोलीलाई ठुलो अग्रता दिलाए । मलिक थिआवले र ज्याकब मर्फीले एक–एक गोल थपे। काराबाग एफकेका लागि एल्भिन काफारगुलियेभले ५४औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए । जितसँगै न्युक्यासलले दोस्रो लेगका लागि बलियो आधार बनाएको छ ।
क्लब ब्रुग र एथ्लेटिको म्याड्रिड
आज भएको खेलमा क्लब ब्रुग र स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडबीच ३–३ गोलको रोमाञ्चक बराबरी भयो । एथ्लेटिको म्याड्रिडका लागि जुलियन आल्भारेजले आठौँ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे । पहिलो हाफको इन्जुरी समयमा एडेमोला लुकम्यानले गोल थपे । जोएल ओर्डोनेजले ७९औँ मिनेटमा आत्मघाती गोल गरेपछि एथ्लेटिकोले तेस्रो गोल पाएको थियो ।
घरेलु टोली क्लब ब्रुगका लागि राफेल ओनाइडेकाले ५१औँ मिनेटमा गोल गर्दै टोलीलाई खेलमा फर्काए । निकोलो ट्रेसोल्डीले ६०औँ मिनेटमा गोल गरेपछि खेल बराबरीमा आयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण