राजेन्द्र लिङ्देनले भने- 'राजा, दल र नयाँ पुस्ताबिच नयाँ समझदारी बिना देशको समस्या समाधान हुँदैन'
सारांश
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक अवस्था र चुनाव प्रक्रियाप्रति चिन्ता व्यक्त गरे।
- उनले २०८४ को चुनाव २०८२ मा गराउन खोज्नु समस्या समाधान नहुने तर्क गरे।
- लिङ्देनले देशलाई दुर्घटनाबाट जोगाउन नयाँ समझदारी आवश्यक रहेको बताए।
सुनसरी । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक अवस्था र चुनाव प्रक्रियाप्रति चिन्ता व्यक्त गरेका छन्। सुनसरीको चक्रघट्टीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले २०८४ मा हुनुपर्ने चुनावलाई २०८२ मा जबरजस्ती गराइएको आरोप लगाउँदै यसले समस्या समाधान नगर्ने बताएका हुन्।
लिङ्देनले भने, “यही व्यवस्था ठिक छ र यही चुनावबाट जनताको अवस्था सुध्रिन्छ भनेर मुलुकलाई जबरजस्ती चुनावतर्फ लगियो भने समस्या केही समयका लागि टर्ला, तर पछि झन् जटिल र भयानक बन्नेछ, देश दुर्घटनातर्फ जानेछ।”
उनले देशमा कसैले पनि आफूलाई निषेधित भएको महसुस नगर्ने वातावरण बनाउन आवश्यक रहेको भन्दै राजा, राजनीतिक दल र नवयुवा पुस्ताबीच नयाँ समझदारी आवश्यक रहेको बताए।
प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको सन्देशलाई सुझावको रूपमा आएको भन्दै लिङ्देनले त्यसलाई सकारात्मक रूपमा लिन राजनीतिक दलहरूलाई आग्रह गरे। उनले देशलाई केन्द्रमा राख्दै “नेपाल प्रथम, नेपाली प्रथम” को भावनासहित नयाँ सहमति गर्न आह्वान गरे।
लिङ्देनले आगामी चुनाव देश रहन्छ कि रहँदैन भन्ने प्रश्नसँग जोडिएको दाबी गर्दै सामाजिक सञ्जाल हेरेर होइन, गम्भीरतापूर्वक निर्णय गरेर मतदान गर्न आग्रह गरे।
उनले वर्तमान व्यवस्थामै चुनाव भए देश दुर्घटनातर्फ जाने चेतावनी दिँदै समस्या व्यक्तिमा मात्र नभई व्यवस्थामा पनि रहेको र व्यवस्था परिवर्तन आवश्यक रहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण