दक्षिणी पाकिस्तानको आवासीय भवनमा विस्फोट हुँदा छ जनाको मृत्यु, १२ घाइते
सारांश
- कराचीको आवासीय भवनमा ग्याँस चुहावट हुँदा भएको विस्फोटमा ६ जनाको मृत्यु भएको छ ।
- विस्फोट भवनको पहिलो तलामा भएको थियो, जसले भवनमा आंशिक क्षति पुर्यायो ।
- प्रारम्भिक अनुसन्धानले सिलिन्डर ग्यास चुहावटका कारण विस्फोट भएको अनुमान गरेको छ ।
कराची । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीको आवासीय भवनमा बिहीबार ग्याँस चुहावटले गर्दा भएको विस्फोटमा छ जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएको उद्धार अधिकारीहरूले बताएका छन् ।
भवनको पहिलो तलामा भएको विस्फोटले भवनको आंशिक भाग क्षेतिग्रस्त हुँदा दुर्घटना भएको सरकारी उद्धार कार्यलयले एक विज्ञप्ति मार्फत जनाएको छ ।
विस्फोटको सूचना पाए पछि उद्धार टोलीहरू तुरुन्तै घटनास्थलमा पुगेको उल्लेख गर्दै उद्धारकर्ताहरूले खोजी अभियानका लागि सबै उपलब्ध स्रोतहरू प्रयोग गरेर पीडितहरूलाई भग्नावशेषबाट बाहिर निकालेको अधिकारीले बताएका छन् ।
प्रारम्भिक अनुसन्धानले सिलिन्डर ग्यासबाट ग्याँस चुहावटका कारण विस्फोट भएको अनुमान गरेको प्रहरीले जनाएको छ । बालबालीकासहित घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको जनाउदै उद्धार टोलीहरूले भग्नावशेष मुनि कोही पनि फसेको छैन भनेर सुनिश्चित गर्न उत्खनन प्रयास जारी राखेको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण