प्रजातन्त्र सहिदको बलिदानको प्रतिफल हो, यसलाई बिर्सन मिल्दैन : मुख्यमन्त्री कँडेल
सारांश
- मुख्यमन्त्री कँडेलले प्रजातन्त्र दिवसलाई नेपालको गौरवपूर्ण दिनको रूपमा चित्रण गरे।
- उनले विभिन्न आन्दोलनका सहिद, बेपत्ता र घाइतेको योगदानको प्रशंसा गरे।
- कँडेलले आगामी निर्वाचनलाई लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने अवसरका रूपमा लिन आग्रह गरे।
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राष्ट्रिय प्रजातन्त्र दिवसलाई नेपालको इतिहासको एक गौरवपूर्ण र ऐतिहासिक दिनका रूपमा चित्रण गरेका छन्। प्रजातन्त्र दिवसका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजको दिनले नै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र नागरिक स्वाभिमानको रक्षा गर्ने बलियो आधार तयार पारेको बताएका हुन् ।
मुख्यमन्त्री कँडेलले राजनीतिक तथा सामाजिक परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलनका सहिद, बेपत्ता, घाइते र आन्दोलनकारीहरूको योगदानको उच्च प्रशंसा गर्दै सम्मान व्यक्त गरे। प्रजातन्त्र केवल एउटा शासन व्यवस्था मात्र नभई यो जनताको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन र सामाजिक न्यायको मुख्य आधार भएको कँडेलको तर्क छ।
उनले २००७ सालको क्रान्ति नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान निर्माणको एउटा महत्त्वपूर्ण जग भएको उल्लेख गरे। विगतका कडा सङ्घर्षले नै मुलुकलाई आजको अवस्थासम्म पुर्याएको भन्दै उनले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासन, पारदर्शिता र समृद्धिको दिशामा दृढतापूर्वक अघि बढ्न सबैलाई आह्वान गरे।
मुख्यमन्त्री कँडेलले गत भदौ २३ र २४ गतेका घटनापछि मुलुक अहिले प्रतिनिधिसभा निर्वाचनको तयारीमा रहेको स्मरण गराए। उनले आसन्न निर्वाचनलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने एउटा महत्त्वपूर्ण अवसरको रूपमा लिनुपर्नेमा जोड दिए।
यही फागुन २१ गते हुने निर्वाचनमा नेपालको राष्ट्रिय हित र लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिन उनले सम्पूर्ण आम नागरिकमा विशेष आग्रह समेत गरे। प्रजातन्त्र दिवसले नागरिकका अपेक्षा पूरा गर्ने मार्गमा अघि बढ्न सबैलाई प्रेरित गर्ने उनको विश्वास छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण