जसपा नेपालका उम्मेदवारमाथि दुर्व्यवहार गर्ने पक्राउ
सारांश
- सर्लाही-३ का जसपा उम्मेदवार डा. जेपी यादवमाथि होटल व्यवसायीले दुर्व्यवहार गरेकाे आरोप लागेको छ।
- उम्मेदवार यादवले आफूलाई 'मधेसी' भन्दै अपमान र हातपात गरेको आरोप लगाएका छन्।
- प्रहरीले घटनाको संवेदनशीलतालाई ध्यान दिँदै व्यवसायी वाइवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
सर्लाही । सर्लाही–३ का जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार डा. जेपी यादवमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले होटल व्यवसायी प्रशान्त वाइवालाई पक्राउ गरेको छ। चुनाव प्रचारप्रसारको सिलसिलामा बागमती नगरपालिकाको बागमती चोक पुगेका उम्मेदवार यादवमाथि वाइवाले अपमानजनक शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
उम्मेदवार यादवका अनुसार उनी आफ्ना कार्यकर्ताहरूसहित होटलमा खाजा खाइरहेका बेला वाइवा आएर एक्कासि ‘मधेसी’ भन्दै अपमान गरेका थिए। गालीगलौज मात्र नभई वाइवाले आफूमाथि हातपात समेत गरेको यादवले दाबी गरेका छन्।
घटनापछि यादवले तत्कालै प्रहरीलाई खबर गरेपछि प्रहरी टोलीले वाइवालाई घटनास्थलबाटै समातेको थियो। निर्वाचनको मुखमा उम्मेदवारमाथि नै यसरी दुर्व्यवहार भएपछि स्थानीय राजनीति तरंगित बनेको छ।
सर्लाहीका डिएसपी सरोज राईले उम्मेदवार यादवको मौखिक उजुरीका आधारमा वाइवालाई नियन्त्रणमा लिएर हरिवन प्रहरी कार्यालयमा राखिएको जानकारी दिएका छन्। प्रहरीले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै अनुसन्धान अघि बढाएको छ।
हालसम्म लिखित उजुरी नआए पनि मौखिक जानकारीका आधारमा वाइवामाथि सोधपुछ र थप अनुसन्धान भइरहेको डिएसपी राईले बताए।
यस घटनाबारे थप स्पष्ट पार्न र आफ्नो धारणा सार्वजनिक गर्न जसपा नेपालका उम्मेदवार डा. जेपी यादवले आजै दिउँसो पत्रकार सम्मेलनको आयोजना गर्न लागेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण