राजनीति
लोकतन्त्रको ठेक्का कसैले लिनु पर्दैन, जनताले लिन्छ : रवि लामिछाने
बिहीबार, ०७ फागुन २०८२, १५ : १८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले लोकतन्त्रको ठेक्का कसैले नलिन आग्रह गरेका छन् । बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै उनले लोकतन्त्र अब जनताले जोगाउने बताए ।
‘लोकतन्त्र कुनै नेता तथा पार्टीले ठेक्का लिनुपर्दैन । लोकतन्त्र जनताले जोगाउँछन् । लोकतन्त्रप्रति हामीलाई विश्वास छ । जनता जागेको बेला कचकच गर्न पाइँदैन’, उनले भने, ‘हाम्रो वैदेशिक नीतिमा कसैले चिन्ता गर्नुपर्दैन । एउटा खाल्टो पुर्न वर्षौँसम्म लगाउने कामको अन्त्य गर्न खोजेको हो रास्वपाले । बहुमतको स्थायी सरकार हामीले दिन सकेनौँ भने मुलुक अप्ठ्यारोमा पुग्छ । जनताले खोलेको हो रास्वपा । देश आँखै अगाडि नर्क बन्न लाग्दा रोक्न खोजेको हो । रास्वपाले सरकार बनाएपछि जनतासँग गरिएको वाचा पुरा गर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण