रास्वपाले ‘बाचापत्र’ कर्णालीमा किन गर्याे सार्वजनिक ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले वीरेन्द्रनगरबाट चुनावी बाचापत्र सार्वजनिक गरेको छ, जसमा रूपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधारहरू छन्।
- रास्वपाका सभापति रवि लामिछानेले कर्णालीसँगको पुरानो सम्बन्ध र पछाडि परेको कर्णालीलाई अगाडि बढाउने वाचासहित बाचापत्र सार्वजनिक गरेको बताए।
- उनले बाचा पूरा नगरे सजाय भोग्ने र नागरिकसँग करार गरेर आएको बताए, साथै भोटबाट परिवर्तन ल्याउन चाहेको कुरा व्यक्त गरे।
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘रूपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधार’ समेटेर आफ्नो चुनावी बाचापत्र बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट सार्वजनिक गरेको छ ।
‘हामी आयौँ’ परिवर्तन उद्घोष सभामा सार्वजनिक गरिएको बाचापत्र किन कर्णालीमै आएर रास्वपाले सार्वजनिक गर्यो ? रास्वपाका सभापति रवि लामिछानेले यसको कारण खुलाए ।
‘जब सञ्चारकर्मीका रूपमा रिपोर्टिङ गर्दै, समाचार खोज्दै कर्णाली आएको थिएँ, समाचार बोलेर समाचार बोकेर होइन एउटा अस्पताल दिएर जाने अवसर मैले पाएको थिएँ कालीकोटमा,’ उनले भने ।
त्यहाँबाट जोडिएको यो नाता आजसम्म बलियो बनेको बनेको स्मरण उनले गरे । ‘त्यही नाताको आधारमा अलिकति हक लगाएर भन्छु कर्णालीबाट बाचापत्र सार्वजनिक गर्नुको पछाडि अर्थ छ,’ उनले भने, ‘अर्थात् पछाडि पारिएको कर्णालीलाई अब पछाडि पार्न नदिने बाचासहित आजको बाचापत्र सार्वजनिक गर्नुको एउटा प्रमुख कडी हो ।’
उनले उक्त बाचा पूरा नगरे सजाय भोग्ने पनि बताए । ‘त्यसैले नागरिकसँग करार गरेर आएका छौँ,’ उनले भने, ‘त्यसैले म एउटा अफर कर्णालीबाट गर्न चाहन्छु—रोडबाट भए रोडबाट भोटबाट भए भोटबाट आउनुस् । हामी चाहन्छौँ भोटबाट फेर्न । रगतको एउटा थोपा चुहाउन चाहँदैनौँ ।’
कर्णालीका धेरै आमाहरूको काख रित्तिएको र धेरै दिदीबहिनीहरूको सिउँदो पुछिएको बताउँदै लामिछानेले धेरै बालबालिकाहरु टुहुरा भएको पनि स्मरण गरे । र, भने—अब कर्णालीले त्यो सहँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण