दीपकराज गिरी भन्छन्, ‘नेताहरू मिल्छन्, हामी झगडा नगरौँ’
काठमाडौँ । कलाकार तथा अभिनेता दीपकराज गिरीले दलका कार्यकर्तालाई एकापसमा झगडा नगर्न सुझाएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै नेताहरू जुनसुकै बेला पनि मिल्नसक्ने बताएका हुन् ।
नेपालका प्रमुख राजनीतिक दलहरूबिच समय–समयमा हुने अस्वाभाविक गठबन्धन र सत्ता–समीकरणलाई स्मरण गर्दै गिरीले राजनीतिमा आफूले ‘अनेकौँ आश्चर्य’ देखेको उनको भनाइ छ ।
‘मैले राजनीतिमा अनेकौ आश्चर्य देख्या छु ! काँग्रेसले माओवादीलाई भोट हाल्या देख्या छु, एमाले र माओवादीको विवाह देख्या छु’, उनी अगाडि लेख्छन् ‘ देउवा र ओली एकै मुटु भा'को देख्या छु ,रवि-केपीको प्रेम पनि देख्या छु ।’ उनले अन्तममा त्यसैले हामी झगडा नगरौँ भनेका छन् ।
समसामयिक राजनीतिक र सामाजिक विषयवस्तुमाथि सामाजिक सञ्जालमार्फत खरो टिप्पणी गर्न रुचाउने गिरीको यो स्टाटसमाथि थुप्रै प्रयोगकर्ताले समर्थन जनाउँदै प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण