एस मनि ट्रान्सफरमार्फत आइएमई गरेका बद्री लामाले जिते कार
सारांश
- दोलखाका बद्री लामाले पोर्चुगलबाट एस मनि ट्रान्सफरमार्फत आइएमई गर्दा टाटा टियागो ईभी कार जिते।
- काठमाडौँमा आयोजित कार्यक्रममा आइएमईका अध्यक्ष हेमराज ढकालले विजेताको आमालाई कार हस्तान्तरण गरे।
- कार्यक्रममा आइएमईका प्रमुख कार्यकारी अधिकृतले युवाहरू स्वदेशमै उद्यमी बन्न थालेको बताए।
काठमाडौँ । पोर्चुगलबाट एस मनि ट्रान्सफरमार्फत आइएमई गरेका सेवाग्राही दोलखाका बद्री लामाले टाटा टियागो ईभी कार जितेका छन्।
काठमाडौँमा आयोजित कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली विजेता लामाको तर्फबाट उनकी आमा नरमाया तामाङलाई टाटा टियागो ईभी कार हस्तान्तरण गरेका हुन्। अध्यक्ष ढकालले कार विजेतालाई बधाई दिनुका साथै आइएमई प्रति ग्राहकहरूले देखाएको विश्वासप्रति धन्यवाद व्यक्त गरे।
सो अवसरमा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले विदेशको श्रम बजारमा काम गरेर मात्र धन–सम्पत्ति होइन, स्वदेशमा सीप र अनुभव हस्तान्तरण गर्दै उद्यमी बन्ने युवाको सङ्ख्या बढ्दै गएको बताए ।
गत कार्तिकदेखि माघसम्म सञ्चालित ‘एस मनि ट्रान्सफरको खबर छ, खुसी नै खुसी’ योजना अन्तर्गत विदेशबाट एस मनि ट्रान्सफरमार्फत पैसा पठाउने सेवाग्राहीहरू यो लक्की ड्रमा समावेश थिए। यसै योजनाअन्तर्गत दुई जना भाग्यशाली सेवाग्राहीहरूले आई फोन १६ इ पनि प्राप्त गरिसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण