जय ट्रफी : बागमती एपीएफभन्दा ३१ रनले पछि
सारांश
- जय ट्रफी पुरुष इलाइट कपमा बागमती प्रदेश एपीएफ क्लबसँग ३१ रनले पछि परेको छ।
- बागमती प्रदेशले पहिलो पारीमा ९ विकेट गुमाएर २०७ रन बनायो, जसमा विवेक मगरले ४२ रन बनाए।
- सशस्त्रले २३९ रन बनाउँदै झिनो अग्रता लियो, जसमा रोहित पौडेलले ८७ रन र सन्दीप जोराले ६१ रन बनाए।
काठमाडौँ । जय ट्रफी पुरुष इलाइट कपमा बागमती प्रदेश नेपाल एपीएफ क्लबसँग ३१ रनले पछि परेको छ । पहिलो दिनको खेल समाप्त हुँदा बागमतीले आफ्नो दोस्रो पारीमा १ विकेटको क्षतिमा १ रन बनाएको हो ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले ९ विकेटको क्षतिमा २०७ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । टोलीका लागि विवेक मगरले सर्वाधिक ४२ रन बनाए ।
रिजन ढकाल र अशुतोष घिरैयाले समान ३५–३५ रनको योगदान दिए । शुभ कंशकारले ३४ तथा सूर्य तामाङले २७ रन जोडे ।
सशस्त्रका लागि इर्शाद अहमदले ३ विकेट लिए भने युवराज खत्री र रोहित पौडेलले २–२ विकेट हात पारे । अमर रौटेला र अभिशेष गौतमको नाममा १–१ विकेट रह्यो ।
जवाफी ब्याटिङमा उत्रेको सशस्त्र आफ्नो पहिलो पारीमा २ सय ३९ रनमा अलआउट हुँदै झिनो अग्रता बनायो । टोलीका लागि कप्तान रोहित पौडेल र सन्दीप जोराले अर्धशतकीय पारी खेले ।
पौडेलले ११३ बलको सामना गर्दै १३ चौकाको मद्दतले ८७ रन बनाउँदै नटआउट रहे । जोराले ४८ बलमा ६१ रनको योगदान दिए । उनले ११ चौका १ छक्का प्रहार गरे ।
ओपनरद्वय दीपक बोहोरा र आसिफ शेखले क्रमशः ३८ रन र २८ रन बनाए ।
बागमतीका लागि रिजन ढकालले ३ विकेट हात पारे भने विपिन आचार्य र सूर्य तामाङले २–२ विकेट लिए । तिलक भण्डारी र ईशान पाण्डेको नाममा १–१ विकेट रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण