भीम सार्कीको शतकमा आर्मीको अग्रता
काठमाडौँ । जय ट्रफी पुरुष इलाइट कपको पहिलो दिनको खेल समाप्त हुँदा नेपाल पुलिस क्लबले आफ्नो दोस्रो पारीमा १ विकेटको क्षतिमा २३ रन बनाएको छ । योसँगै टोली त्रिभुवन आर्मी क्लबभन्दा अझै २४ रनले पछि रहेको छ ।
हाल कुशल भुर्तेल १२ रन तथा शङ्कर राना ७ रन बनाएर अविजित रहेका छन् । अमित श्रेष्ठ भने ४ रन बनाएर आउट भए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ८ विकेटको क्षतिमा १ सय ८७ रन बनाउँदै आफ्नो पारी समाप्तिको घोषणा गरेको थियो । टोलीका लागि रासिद खानले सर्वाधिक ३८ रनको योगदान दिए ।
त्यस्तै, कप्तान आरिफ शेखले ३६ रन तथा कुशल भुर्तेलले ३० रन बनाए । विकेटकिपर दिलसाद अलीले २७ रन जोडे ।

आर्मीका लागि पवन कार्कीले १०.३ ओभरमा ५१ रन खर्चेर ४ विकेट लिए । आकाश चन्द, सहाब आलम, नरेन साउद र बसिर अहमदले १–१ विकेट हात पारे ।
जवाफी ब्याटिङमा उत्रेको आर्मीका लागि भीम सार्कीले शतकीय पारी खेलेपछि टोलीले ९ विकेटको क्षतिमा २ सय ३४ रन बनाउँदै पारी समाप्तिको घोषणा गर्यो । सार्कीले ११३ बलको सामना गर्दै १०५ रन जोडे । उनले १४ चौका र १ छक्का प्रहार गरे ।
पवन कार्कीले २३ बलमा ३७ रनको योगदान दिए भने नरेन साउदले ३१ रन बनाए ।
पुलिसका लागि सागर ढकालले घातक बलिङ गरे । उनले १७ ओभर बलिङ गर्दै ६ विकेट हात पारे । ललित राजवंशीले २ तथा कुशल भुर्तेलले १ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण