एनआरएनए महासचिवमा रामशरण सिम्खडाले उम्मेदवारी दिने
सारांश
- एनआरएनएका उपाध्यक्ष रामशरण सिम्खडाले संस्थाको १२ औँ महाधिवेशनमा महासचिव पदका लागि उम्मेदवारी दिने घोषणा गरे।
- एनआरएनएको १२ औँ महाधिवेशन फागुन ३० देखि चैत २ गतेसम्म काठमाडौँमा हुँदैछ।
- सिम्खडाले आगामी मंगलबार आफ्नो संकल्पपत्रसहित उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष रामशरण सिम्खडा (बेलायत) ले संस्थाको १२ औँ महाधिवेशनमा महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनएको १२ औँ महाधिवेशन आगामी फागुन ३० देखि चैत २ गतेसम्म काठमाडौँमा हुँदैछ ।
संस्थाको पुनर्संरचना, यसलाई सबैको साझा बनाउने तथा विगतका टुटफुटका कारणले गुमेको प्रतिष्ठा फर्काउने भिजनका साथ उम्मेदवारी दिन लागेको उनले बताएका छन् । केही महिनाअघि मात्रै दुई समूहमा विभाजित एनआरएनए एकताबद्ध भएर महाधिवेशन गर्ने समझदारी भएको थियो, सोही समझदारीअनुरूप महासचिवका रूपमा प्रभावकारी काम गर्ने योजनासहित आफू चुनावी मैदानमा होमिन लागेको उनको भनाइ छ ।
सिम्खडाले आगामी मंगलबार, जनवरी २४, २०२६ का दिन भर्चुअल माध्यमबाट आफ्नो संकल्पपत्रसहित उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।
उनले हालसम्म कुन समूह वा टिमबाट महासचिवमा उम्मेदवारी दिन लागेको भन्नेबारे भने खुलाएका छैनन्। यद्यपि, एनआरएनए अध्यक्ष पदमा रोबिन शेरचन र हेमराज शर्माले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण