१९ वर्षपछि भारत आउँदै पप स्टार शाकिरा
मुम्बई । विश्वविख्यात पप गायिका तथा बहुप्रतिष्ठित ग्रामी अवार्ड विजेता शाकिरा आगामी अप्रिलमा १९ वर्षपछि भारत आउने भएकी छन्। ‘फिडिङ इन्डिया’ र ‘डिस्ट्रिक्ट बाई जोमाटो' का अनुसार शाकिराले अप्रिल १० मा मुम्बई र अप्रिल १५ मा दिल्लीमा प्रत्यक्ष प्रस्तुति दिने निश्चित भएको0 छ।
यसअघि उनले सन् २००७ मा आफ्नो ‘ओरल फिक्सेसन’ टुरका क्रममा मुम्बईमा भव्य कन्सर्ट गरेकी थिइन्। लामो अन्तरालपछि हुन लागेको उनको यो भ्रमणलाई लिएर दक्षिण एसियाली फ्यानहरूमा ठुलो उत्साह देखिएको छ।
यो कन्सर्ट केवल मनोरञ्जनमा मात्र सीमित नभई एक सामाजिक उद्देश्यका साथ आयोजना हुन लागेको हो। 'फिडिङ इन्डिया' नामक गैर-नाफामूलक संस्थाले भोकमरी र कुपोषण विरुद्धको अभियानलाई सघाउन यो कार्यक्रम आयोजना गरेको हो। शाकिराले मुम्बईको महालक्ष्मी रेसकोर्स र दिल्लीको जवाहरलाल नेहरू स्टेडियममा आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछिन्। एक प्रेस नोट जारी गर्दै शाकिराले भारतमा प्रस्तुति दिनु आफ्ना लागि सधैँ विशेष रहने र बालबालिकाको पोषणका लागि आवाज उठाउन पाउँदा उत्साहित रहेको बताएकी छन्।
हिप्स डन्ट लाई, व्हेनेभर ह्वेरेभर"र विश्वकप फुटबलको आधिकारिक गीत "वाका वाका" बाट विश्वभर ख्याति कमाएकी शाकिरा आफ्नो ऊर्जावान् स्टेज पर्फर्मेन्सका लागि चिनिन्छिन्। संगीतबाहेक उनले आफ्नै 'बेयरफुट फाउन्डेसन' मार्फत शिक्षा र बालबालिकाको कल्याणका लागि काम गर्दै आएकी छन्। उनको यो सामाजिक कार्य 'फिडिङ इन्डिया' को लक्ष्यसँग मेल खाने भएकाले पनि यस कन्सर्टलाई संयुक्त राष्ट्रसंघको 'जिरो हङ्गर २०३०' लक्ष्यमा योगदान पुर्याउने एक महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण