साहित्यकार नारायण ढकालको छैटौँ उपन्यास सार्वजनिक
शनिबार, ०९ फागुन २०८२, १३ : २३
सारांश
- नारायण ढकालको उपन्यास 'जगज्जननी उसकी आमाको नाम होइन' काठमाडौंमा सार्वजनिक भयो।
- लेखक ढकालले साहित्यिक, राजनीतिक र सामाजिक आन्दोलनका अनुभव सुनाए।
- नेपालयका सम्पादक विमल आचार्यले उपन्यासलाई नेपाली साहित्यको महत्त्वपूर्ण कृति भने।
काठमाडौं । साहित्यकार नारायण ढकालको छैटौँ उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ शनिबार काठमाडौंमा सार्वजनिक भएको छ।
पब्लिकेसन नेपालयको आरशालामा आयोजित कार्यक्रममा ढकालले आफ्ना नातिनातिनालाई पुस्तक उपहार दिँदै कृति लोकार्पण गरेका हुन्।
कार्यक्रममा लेखक ढकालले आफ्नो पाँच दशक लामो साहित्यिक, राजनीतिक र सामाजिक आन्दोलनका अनुभव सुनाएका थिए। साहित्यलाई राजनीति, इतिहास र समाजप्रतिको प्रश्नका रूपमा अथ्र्याउँदै उनले यस उपन्यासलाई ‘विश्वासघातविरुद्ध आफ्नो स्वप्न–दुस्वप्न वक्तव्य’ को संज्ञा दिएका छन्।
नेपालयका सम्पादक विमल आचार्यले यो उपन्यास नेपाली साहित्यको इतिहासमा बिर्सन नसकिने कृति भएको दाबी गरे। वि.सं. २०३० सालदेखि लेखन यात्रा सुरु गरेका ढकालका यसअघि उपन्यास, कथा, निबन्ध र कविता गरी झन्डै दुई दर्जन कृति प्रकाशित छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण