चुनाव
लक्ष्मीनारायण उपाध्याय सिमभन्ज्याङ गाविसका हर्ताकर्ता थिए। छोटो कद भए पनि हृष्टपुष्ट शरीर, सफा मयलपोस-सुरुवाल, त्यसमाथि जुहारी कोट, अनि रामनामीको सप्को हालेर हिँड्दा साँच्चै नारायणका नररूपजस्ता देखिन्थे। वल्लो गाउँ, पल्लो गाउँ, जिल्ला सदरमुकामसम्मै उनको हाइहाइ थियो। उहिले प्रधानपञ्च रहेका उनी बहुदल आएपछि अविच्छिन्न रूपमा गाविस अध्यक्ष रहेका थिए। चुनावमा उनलाई कसैले टक्कर दिन सकेन, राजाका पालामा होस् या जनताका पालामा, सिमभन्ज्याङ गाविसमा उनकै रजगज चलिरह्यो।
आफ्नो गाउँमा लक्ष्मीनारायण परमात्माकै अवतारजस्ता थिए। वरपर अत्यन्तै लोकप्रिय भए पनि आफ्नो गाउँमा मात्र बाटो पुर्याएको, बिजुली बालेको, माविलाई उच्च मावि बनाएको, तर अरू गाउँमा फुटेको आँखाले पनि नहेरेको भनेर यदाकदा उनको आलोचना नहुने गरेको होइन। तर यस्ता चियागफले उनको राजनीतिक उचाइमा कुनै असर परेन, बरु फलिफाप भइरह्यो। हुन पनि जेठा छोरा गाउँकै उच्च माविका प्राचार्य, अनि माइला र कान्छा छोरा राज्य संयन्त्रकै ठूला हाकिम, लक्ष्मीनारायणलाई दायाँबायाँ तलमाथि जताततैबाट फलिफाप थियो।
घुमिफिरी गाउँमा फेरि चुनावको सरगर्मी सुरु भएको थियो। लक्ष्मीनारायण निर्विकल्पजस्तै थिए, तर सिमभन्ज्याङ गाविसकै सबैभन्दा ठूलो गाउँ पिपलडाँडामा उनका विरोधीहरू बिस्तारै बढ्दै थिए। लगभग एक सय घरधुरी भएको पिपलडाँडालाई लक्ष्मीनारायणले बेवास्ता गरेको भनेर गाउँलेहरू उनीसित रुष्ट थिए।
हुन पनि गाविसको कार्यालय पिपलडाँडामा राख्ने, प्रावि नै भए पनि एउटा विद्यालय खोल्ने, खानेपानीको प्रबन्ध गर्नेलगायतका कैयौँ मागहरू लक्ष्मीनारायणले अर्को कानले उडाएर विकासका सबै संयन्त्र आफ्नै वडामा मात्र खाँदेका थिए। त्यसैले पनि पिपलडाँडाबासी आफ्नै अध्यक्षसँग खुसी थिएनन्। तीसौँ वर्ष एकछत्र अध्यक्ष रहेका लक्ष्मीनारायणलाई भने पिपलडाँडे असन्तुष्टिले खासै फरक पारेको थिएन। चुनावताका अनेक तिकडम लगाएरै भए पनि उनले आफ्नो जनमत जोगाएकै थिए।
‘उठे तपाईंहरू नै उठ्नुस्, हामीले जितेर बिष्टहरूमाथि शासन गर्नु छैन,’ अग्रज श्यामे दमाईले सुरुमै युवाहरूको योजनामा चिसो पानी खन्याए।
पिपलडाँडामा अधिकांश दमाईहरूको बसोबास थियो। लगभग ७०-८० घर दमाई थिए भने बाँकी बाहुनहरू। बाहुनहरू खेतीपाती गर्थे। दमाईहरू अधिकांशको आफ्नै खेतीयोग्य जमिन थिएन। उनीहरू लुगा सिउने, बिहे-ब्रतबन्धमा बाजा बजाउने, खेतीपातीमा बाहुनहरूलाई सहयोग गर्ने, बाली उठाउने गरेर आफ्नो आजीविका चलाइरहेका थिए। गाउँमा छुवाछुत व्याप्त थियो। अत्यधिक बहुमत भए पनि दमाईहरू थिचोमिचोमै थिए। मुठीभरका बाहुनहरूले दमाईहरूलाई हेयको दृष्टिले हेर्थे।
पिपलडाँडाका केही बाहुन युवाहरूले यो पालिको चुनावमा लक्ष्मीनारायणलाई अध्यक्षमा हराएर पिपलडाँडाकै कसैलाई नजिताएसम्म आफ्नो गाउँले विकासको मुख हेर्न नपाउने निष्कर्ष निकाले। तर उठाउने कसलाई? दमाईलाई उठायो भने आफ्नै बुबाआमालाई मनाउन गाह्रो, आफैँमध्येबाट कोही उठ्यो भने पनि दमाईहरूले भोट देलान् भन्ने ग्यारेन्टी नहुने। युवाहरू असमञ्जसमा परे। जे भए पनि लक्ष्मीनारायणलाई नहराई नछाड्ने निधो गरेका युवाहरूले एक साँझ गाउँका केही बुज्रुकहरूलाई जुटाएर आफ्नो योजना सुनाए।
‘उठे तपाईंहरू नै उठ्नुस्, हामीले जितेर बिष्टहरूमाथि शासन गर्नु छैन,’ अग्रज श्यामे दमाईले सुरुमै युवाहरूको योजनामा चिसो पानी खन्याए।
‘यी डुमेक्राहरूलाई भोट दिनुभन्दा त तिनै लक्ष्मीनारायण ठीक छन्, जे भए नि बाहुन हुन्, नाम पनि भगवान्कै छ,’ छुवाछुतको मजेत्रोले आङ मात्र नभएर दिमागै छोपिएका रघुनाथले दमाईहरूको उम्मेदवारी नस्वीकार्ने स्पष्ट पारे।
‘कुरोको चुरो त्यही हो रघुनाथ दाइ, कुलखान्दानमै नभएको कुरो, कसले हाल्छ दमाईलाई भोट?’ केदारप्रसादले होमा हो मिलाए।
बैठक टुङ्गियो, दमाईहरूले मन अमिलो बनाए, बाहुन युवाहरूले रातो मुख लगाए। बाहुन बुढाहरू कन्सिरीका रौँ ठाडा बनाउँदै घरतिर लागे।
रत्ने परियारले आफूले चिया खाएको गिलास धुँदै थिए, केही बाहुन युवाहरू सिमलपाटे माइलीको चियापसलमा पुगे।
‘लक्ष्मीनारायणलाई हराउने भनेको नसकिने भो रत्ने दाइ,’ युवराजले गुनासो पोखे।
‘तिमीहरू पनि... पहिले घरैका बाआमालाई सबै कुरो बुझाएर पो भेला डाक्नुपर्छ। बाहुनहरू नै बिच्किए तिमीहरूका कुरा सुनेर। पहिले तिमीहरूले नै के गर्ने निर्णय गर, दमाईहरूलाई मनाउने जिम्मा मेरो,’ रत्ने परियारले सुझाव दिए।
केही पढेलेखेका र विदेशसमेत गएर आएका हुनाले रत्ने परियार अलि जानेबुझेका थिए। गाउँमा हुने भेदभाव र छुवाछुत हटाउन शिक्षा र सचेतना महत्त्वपूर्ण हुन्छ भन्ठान्थे। पिपलडाँडाको विकास गर्ने हो भने बाहुन र दमाई एक भएर लाग्नुपर्छ भन्नेमा उनी ढुक्क थिए। लक्ष्मीनारायणलाई हराउने बाहुन युवाहरूको योजना असल नियतले आएको भए पनि तयारी पूरा नभएको सुझाव दिएर रत्ने घरतिर लागे।
माइलीको पसलमा चियाको चुस्की लिँदै बाहुन युवाहरू फेरि पनि लक्ष्मीनारायणलाई हराइछाड्ने आफूहरूको योजना कसरी सफल बनाउने भनेर घोत्लिन थाले। रत्ने दाइले भनेझैँ पहिले आफ्नै घरपरिवारलाई नमनाई नहुने निक्र्योल गरे।
बाहुनहरूलाई कोही आफ्नै जातको उठे लक्ष्मीनारायणको विरुद्ध भोट दिन केही आपत्ति थिएन। दमाईहरूले पनि हाम्रै जातको उठ्नुपर्छ भनेर भनेका थिएनन्। जो आए पनि आफ्नो दुःख आफैँसँग हो, बाहुनहरूलाई नरिझाई खान पाइँदैन भन्ठान्थे। केही दमाई युवाहरू भने चुनावको अघिल्लो दिन जसले जाँडरक्सी खुवाउँछ उसैले भोट पाउँछ भन्दै हिँड्थे।
अन्ततः बाहुन युवाहरूको अथक प्रयासले पिपलडाँडाले पनि यो पटक आफ्नै उम्मेदवार पायो। केदारनाथका छोरा भोलानाथले लक्ष्मीनारायणलाई चुनावी मैदानमा लल्कार्ने भए।
‘त्यै त हजुर, त्यसमा २/४ ग्यालन जाँड थप्दिनोस् त, अनि भन्नुहोला। तैबिसेक रत्नेले त नहाल्ला, अरूले नहाल्ने हुन्छ?’ एक्लेले समस्या समाधानको सूत्र सुझायो।
भोलानाथ चुनावमा उठ्न लागेको कुरो सिमभन्ज्याङ गाविसभरि भुसको आगो जसरी फैलियो। एक्ले दमाईले सखारै लक्ष्मीनारायणलाई समेत भोलानाथको चुरीफुरी कम्तीको नभएको कुरो जानकारी गरायो।
‘हेरौँला, ४०/५० भोट ल्याएर कसरी अध्यक्ष पड्काउँदो रैछ? दमाईहरूले त त्यो भोलेलाई के भोट हाल्थे?’ कन्सिरी ताते पनि आफूले सहजै चुनाव जित्ने कुरोमा लक्ष्मीनारायण ढुक्क देखिए।
‘होइन हजुर, रत्नेले सबैको कान फुकिसक्यो। सबै दमाईहरू एकमुख छन्,’ एक्लेले डर देखायो।
‘के पिर गरिरा' बुबा? चुनावको दुई दिनअघि एउटा राँगो लगेर घिस्याइदिएपछि सबै भोट हाम्रै त हो। भुँडी फुट्नेगरी खाओ भन्दिन् मात्र पर्छ, सबै भोट हाम्रै त हो। रत्ने एउटोले नदिएर के फरक पर्छ?’ जेठा छोरा विष्णुप्रसादले साम-दाम अपनाएपछि चुनाव जित्न गाह्रो नहुने सल्लाह दिए।
‘त्यै त हजुर, त्यसमा २/४ ग्यालन जाँड थप्दिनोस् त, अनि भन्नुहोला। तैबिसेक रत्नेले त नहाल्ला, अरूले नहाल्ने हुन्छ?’ एक्लेले समस्या समाधानको सूत्र सुझायो।
‘सही कुरो गरिस्, जाँड चाहिँ तैँले नै खोजेस्, पैसो लेर जा, राँगो त्यतै किनेर घिच्याइदिउँला,’ लक्ष्मीनारायणले कुराको बिट मारे।
एक्लेका मनमा कुरा के अडिन्थे? गाउँ पुग्न पाउँदा नपाउँदै लक्ष्मीनारायणले रक्सी र मासुमा दमाईहरूलाई किन्न लागेको कुरो रत्नेलाई सुनाइहाल्यो।
‘हरे!’ रत्नेले लामो सास तान्यो।
अर्को दिन सखारै सिमलपाटे माइलीको चियापसलमा लक्ष्मीनारायणले चुनाव जित्न नयाँ जाल फालेको कुरो रत्नेले बाहुन केटाहरूलाई सुनायो। सबैका मुख बन्द भए।
सबैलाई नाजवाफ देखेर माइलीले नै मुख बाइन्, ‘त्यो लक्ष्मीनारायणले खुवाउने पाडो तपाईंहरूले खुवाउन सक्नुहुन्न र? जे भए पनि आफ्नै गाउँले हुन्, दमाईहरूले भोला दाइलाई भोट कसो नदेलान्?’
माइलीको कुरो सबैलाई मन पर्यो।
बाहुनहरूले केही बिस दाम उठाए, अब पाडो किन्न कहाँ जाने? कमलिकान्तकोमा भएको त राँगो हो। फेरि भर्भराउँदो राँगो के देलान्? भोलाले लामो सास फेरे। बुढापाका सबैलाई लिएर कमलिकान्तको घर गए। पहिले त कमली अलि अनकनाए, तर हेपाहा लक्ष्मीनारायणलाई नहराई नहुने सोची राँगो बेच्न तयार भए।
कमलिकान्तको ब्याडे राँगो किनेर दमाईहरूलाई भोज खान दिइयो। दमाईहरूले राँगो काटे, कमलीले आँसु चुहाए। रामे दमाईले खड्कुँलोभरि चामल बसाए। केटाकेटी खुसीले उफ्रे। भर्भराउँदो माथिल्लो घरको राँगोले भ्रष्ट लक्ष्मीनारायणलाई हराउन तल्लो घरमा आफ्नो बलिदान दियो।
फेरि ‘यत्रा वर्ष एकछत्र राज गरेको, सबैले मानेको, यति ठूलो इज्जत...’ के-के सम्झिए कुन्नि? अनि ‘लौ त नि भोलि नै पिपलडाँडा झर्छु’ भन्दै तल ओर्ले।
एक्लेले पनि टन्न भोज खायो। ‘भोला दाइलाई भोट पक्का’ भन्यो। बचेखुचेको मासु पनि उसैले लग्यो। भोलिपल्ट घाम नझुल्किँदै सिरुको डाँठले दाँत कोट्याउँदै उकालो लाग्यो।
सखारै एक्लेको अनुहार देखेर लक्ष्मीनारायणले केही अशुभको लख काटे। नभन्दै एक्लेले ‘दमाईहरूले भोट नदिने भए, म एक्लोले दिएर के जित्नुहोला र हजुर?’ भनेर मासु-भात काण्डको बेलिबिस्तार लगायो।
लक्ष्मीनारायणले हुइय गरे। ‘बाहुनहरूले उछिनिसकेछन्, डुमेक्राहरूलाई नसकिने भो।’
लक्ष्मीनारायणलाई भुजा रुचेन। कतै हिँडडुल गर्न मन लागेन। दिनभर दलानमै उँघिरहे।
‘चालीसौँ वर्ष कसैले सीधा आँखा गरेर हेर्न सकेन, टाउको उठाएर बोल्न सकेन, यो बुढेसकालमा के ज्याद्रो आइलाग्यो? पिपलडाँडेहरूलाई घिउ नपचेको, मैले मात्रै चाहेर हुन्छ विकास? आफ्नो गाउँ बनाउन आफैँ जुट्नु पर्दैन? मैले पनि मेरै गाउँलाई हेर्न परेन? कहाँ-कहाँ सक्नु मैले? आफू भोकै बसेर पनि अरूलाई कसैलाई खुवाउँछ?’ यावत् कुरा खेलाउँदै लक्ष्मीनारायणले दिन ढाले।
घाम डुब्ने बेला श्रीमती र छोराले दमाईहरूलाई फकाउने अन्तिम अस्त्र लक्ष्मीनारायणलाई सुझाए। पहिले त लक्ष्मीनारायण अनकनाए, ‘बरु मर्न परोस्, जात फालिँदैन।’
फेरि ‘यत्रा वर्ष एकछत्र राज गरेको, सबैले मानेको, यति ठूलो इज्जत...’ के-के सम्झिए कुन्नि? अनि ‘लौ त नि भोलि नै पिपलडाँडा झर्छु’ भन्दै तल ओर्ले।
र, पनि उनलाई भुजा रुचेन। मुठीएक मिस्रीपानी पिएर सुते।
जेठको टन्टलापुर घामले भन्दा चुनावी गर्मीले बाहुन केटाहरूलाई पसिना कढाएको थियो। दमाईहरूको भोट पाइने कुरामा भोलानाथ ढुक्क थिए। दोपहरीको गर्मी छल्न रामे दमाई, श्यामे दमाईलगायत अन्य केही दमाईहरू पाखुरीको सेपमा बसेर रत्नेका कुरा चाख मानेर सुनिरहेका थिए। यस्तैमा कालो छाता ओढेर दलबलसहित लक्ष्मीनारायण अगाडि झुल्किए।
सफा मयलपोस-सुरुवालमाथि कालो जुहारी कोट, निधारमा ठाडो चन्दन अनि कहिल्यै नछुट्ने भादगाउँले टोपी। यमानको छाता ओढेका लक्ष्मीनारायण एकादेशका राजा-महाराजाजस्ता देखिन्थे।
केही दिनमा चुनाव भयो। त्यसपछिको सप्तान्तमा रेडियोले समाचार फुक्यो– सिमभन्ज्याङ गाविसको अध्यक्ष पदमा लक्ष्मीनारायण उपाध्याय भारी मतले विजयी...’
दमाईहरू झसङ्गै भए। रामे र श्यामे दमाईले मुखामुख गरे। अरू दमाईहरू जर्याकजुरुक उठे। एक्लेले अघि नै सबैका कान फुकिसकेछ। बाँकी रहेका दमाईहरू पनि एकैछिनमा भेला भए।
लक्ष्मीनारायणले टाउको घुमाएर सबै दमाईहरूलाई एक नजर लगाए। कोही चिन्तित देखिन्थे, कोही जिज्ञासु, कसैले श्यामे दमाईतिर हेरिरहेका थिए, कोही भुइँतिर फर्केर खुट्टाको बुढीऔँलाले जमिनमा के-के चित्र कोरिरहेका थिए।
लक्ष्मीनारायणले माहोल बुझिहाले। अनि चिन्तित भएझैँ बोले, ‘ल भन श्यामे दाइ, मैले के गर्नुपर्यो? ऐले जहाँ छु, तिमीहरूले गर्दा नै छु। मेरो इज्जत भन्नु कुन, तिमीहरूको इज्जत भन्नु कुन? मलाई तिमीहरूले नै रूख चढाएर यहाँ पुर्याएका हौ, अब ढाल्ने भए ढाल। तिमीहरूले भोट नदिने भए मैले राजनीति नै गर्थिनँ। तिमीहरूकै आसमा फेरि पनि उठेको छु, अब जे गर्ने हो गर।’
यति भनेर शिरको टोपी झिकेर लक्ष्मीनारायणले श्यामे दमाईको खुट्टाअगाडि राखिदिए। श्यामे दमाई फेरि एकपटक झस्के। दमिनीहरूले ‘आबुई!’ भन्दै जिब्रो टोके। श्यामेले ‘के गर्नुभाको हजुर...’ भन्दै थिए, लक्ष्मीनारायण ‘लौ बचाए बचाऊ, मारे मार’ भन्दै बाटो लागे।
दमाईहरू अक्क न बक्क भए। दमिनीहरू ‘लौ बिस्टको सराप लाग्ने भयो’ भनेर रुन थाले। केहीले ‘लौ अब लक्ष्मीनारायणलाई नजिताई हुन्न, हामीलाई त्यस्तो सम्मान देखाए’ भन्न भ्याए।
रत्नेले लक्ष्मीनारायणको भुलभुलैयामा नफस्न धेरै सम्झाए, दमाईहरू दोमन भए।
केही दिनमा चुनाव भयो। त्यसपछिको सप्तान्तमा रेडियोले समाचार फुक्यो– सिमभन्ज्याङ गाविसको अध्यक्ष पदमा लक्ष्मीनारायण उपाध्याय भारी मतले विजयी...’
(गैरे हाल अमेरिकाको लसएन्जलसमा अध्ययन गर्छन्।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण