गौरमा सामाजिक सद्भाव कायम राख्न प्रभु साहको अपिल
रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं रौतहट क्षेत्र नं ३ का उम्मेदवार प्रभु साहले गौर नगरपालिकामा देखिएको सामुदायिक तनावप्रति सामाजिक सदभाव कायम राख्न सबैमा अपिल गरेका छन् ।
रौतहटको कटहरियामा आज (शनिबार) सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष साहले एकअर्काको सहअस्तित्व स्वीकार गर्दै समाज विकासका लागि मिलेर बढ्नुको विकल्प नभएको बताए ।
रौतहटको सबगढा सहितका क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबिच देखिएको धार्मिक तनावले जनजीवन अस्तव्यस्त भएको छ । स्थानीय प्रशासनले कर्फ्यूसमेत जारी गरेको छ । हिन्दु र मुस्लिम समुदायबिच बढदै गएको तनावले सर्वसधारणको जनजिवन प्रभावित भइरहेका बेला आजपा अध्यक्ष साहले सर्वकल्याण र एकअर्काको सहअस्तित्व स्वीकार गर्दै सामाजिक सदभाव कायम राख्न आग्रह गरेका छन् ।
‘हामी हिन्दु, मुस्लिम वर्षौँदखि एउटै समाजमा मिलेर बस्दै आएका छौँ । रौतहट सर्वकल्याणको भूमि हो, सबैको सहअस्तित्व स्वीकार्दै मिलेर बढ्नुको विकल्प छैन,’ आजपा अध्यक्ष साहले भने । एकअर्काको धर्म, संस्कृति एवं चाडपर्वको सम्मान गर्दै मानव कल्याणका लागि मिलेर बढनुपर्ने समय र अवस्था रहेकोले द्वन्द्व सिर्जना गर्नु समाजको हितविपरीत छ ।
स्थानीय स्तरमा देखिएका द्वन्द्वलाई छलफल, संवाद एवं आपसी सहमतिमा समाधान गर्दै मानवकल्याण एवं विकासका लागि हिन्दु, मुस्लिमसहित सबै धर्मावलम्बीहरू एकजुट हुनु अहिलेको आवश्यकता रहेको आजपा अध्यक्ष साहले बताए ।
साथै उनले शान्ति, सुरक्षा कायम राख्न प्रहरी प्रशासनले समेत सचेत भएर अगाडि बढनुपर्ने सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण