टी–२० विश्वकपः पाकिस्तान र न्युजिल्यान्डबिचको खेल वर्षाले रद्द, अंक बाँडियो
शनिबार, ०९ फागुन २०८२, २२ : ०१
कोलम्बो । टी–२० विश्वकपअन्तर्गत पाकिस्तान र न्युजिल्यान्डबिच हुने पहिलो सुपर–८ खेल वर्षाका कारण रद्द गरिएको छ ।
शनिबार साँझ ६ः३० बजे पाकिस्तानका कप्तान सलमान अली आगाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । तर खेल सुरु हुनुअघि नै मैदानमा वर्षा भएपछि निर्धारित समयमा खेल सञ्चालन हुन सकेन ।
करिब ढाई घण्टाको प्रतीक्षापछि म्याच रेफ्रीले खेल रद्द गर्ने निर्णय लिएका हुन् । खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन् । यस प्रतियोगितामा यो दोस्रो खेल रद्द भएको हो । यसअघि जिम्बाब्वे र आयरल्यान्डबिचको खेल पनि वर्षाकै कारण प्रभावित हुँदै रद्द गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण