निर्वाचन आयुक्त जबरा परिवार ठगीको सिकार भएपछि...
सारांश
- निर्वाचन आयुक्तकी श्रीमती सीमा राणा १८ लाख ५० हजार ठगीमा परिन्।
- मधु कार्कीले सस्तोमा जग्गा दिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोप छ।
- राणाले सुरुमा २५ लाख बुझाए पनि कार्कीले जग्गा पास गरेनन् र सम्पर्कविहीन भए।
काठमाडौँ । निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबराको परिवार ठगीमा परेका छन् । राम्रो जग्गा सस्तो दाममा पाइने लोभमा पर्दा आयुक्तकी श्रीमती सीमा राणा ठगिएकी हुन् ।
आयुक्त जवराकी श्रीमती सीमा राणालाई सस्तोमा जग्गा मिलाइदिने प्रलोभन देखाई १८ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा सिन्धुली निवासी ४० वर्षीय मधु कार्कीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
अभियोग पत्रका अनुसार, प्रतिवादी मधु कार्कीले सीमा राणाका श्रीमान् (निर्वाचन आयुक्त) विदेश गएको मौका छोपी आफूलाई 'दिदी' नाता लगाएर विश्वासमा पारेका थिए । कार्कीले 'एक ठाउँमा निकै राम्रो र सस्तो जग्गा छ, तुरुन्त बैना नगरे अरूले लैजान्छन्' भन्दै प्रलोभन देखाएका थिए । कार्कीको कुरामा विश्वास गरी सीमा राणाले जग्गाको बैनाबापत पटक-पटक गरी जम्मा २५ लाख रुपैयाँ र आफ्नो नागरिकताको प्रतिलिपि समेत बुझाएकी थिइन् । तर, रकम बुझेपछि कार्कीले न जग्गा पास गरिदिए, न त बैना कागज नै उपलब्ध गराए ।
ठगिएको आशङ्का भएपछि राणाले आफ्नो रकम फिर्ता माग्दा कार्कीले ६ लाख ५० हजार रुपैयाँ मात्र फिर्ता दिएका थिए । बाँकी रहेको १८ लाख ५० हजार रुपैयाँ फिर्ता नगरी उनी लामो समयदेखि सम्पर्कविहीन भएका थिए । यस प्रकरणमा निर्वाचन आयुक्तका सवारी चालक बलराम भुजेल र स्वकीय सचिव समीर भट्टराईले समेत साक्षीका रूपमा बयान दिएका छन् । उनीहरूका अनुसार प्रतिवादी कार्कीले 'दिदी' नाता लगाएर घनिष्ठता बढाउँदै विश्वासघात गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण