मिसेस नेपाल वर्ल्ड विजेता रक्षा पन्तलाई उपहारमा स्कुटर, मदनकृष्णले गरे साँचो हस्तान्तरण
सारांश
- काठमाडौंमा आयोजित 'मिसेस नेपाल वर्ल्ड २०२५' विजेताहरूलाई पुरस्कार वितरण गरियो।
- विजेता रक्षा पन्तलाई इलेक्ट्रिक स्कुटर प्रदान गरियो, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले साँचो हस्तान्तरण गरे।
- कार्यक्रममा अभिनेता, पत्रकार, र व्यवसायीहरूको उपस्थिति रहेको थियो, र विभिन्न विधाका विजेताहरूलाई सम्मान गरियो।
काठमाडौँ । विवाहित महिलाहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२५’ का विजेताहरूलाई राजधानीमा एक विशेष समारोहका बिच पुरस्कृत गरिएको छ। आयोजक संस्था रिबन इन्टरटेनमेन्टले पानीपोखरीस्थित ‘तपाईंको बजार’ शोरुम परिसरमा कार्यक्रम आयोजना गरी प्रतियोगिताका मुख्य विजेता तथा अन्य सहभागीहरूलाई उपहार र प्रमाणपत्र वितरण गरेको हो।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा मिसेस नेपाल वर्ल्ड २०२५ की विजेता रक्षा पन्तलाई ‘तपाईंको बजार’ को प्रायोजनमा उपलब्ध गराइएको इलेक्ट्रिक स्कुटर प्रदान गरियो। समारोहका प्रमुख अतिथि एवं वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले विजेता रक्षा पन्तलाई स्कुटरको साँचो हस्तान्तरण गरेका थिए।
सो अवसरमा अभिनेता सरोज खनाल, धिरेन शाक्य, फोटोग्राफर राजभाइ सुवाल, रिबन इन्टरटेनमेन्टका सीईओ निशुकान्त झा र कोरियोग्राफर अश्विनीकान्त झा लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। स्कुटर प्राप्त गरेसँगै अन्य विधाका विजेताहरूलाई पनि आयोजकका तर्फबाट विभिन्न आकर्षक उपहारहरू प्रदान गरिएको छ। कार्यक्रममा प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने प्रायोजक, सहयोगी र प्रतिस्पर्धीहरूलाई समेत सम्मान पत्र वितरण गरिएको थियो।
प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले यस प्रकारका पुरस्कार र सम्मानले महिलाहरूलाई समाजमा अघि बढ्न थप प्रेरणा मिल्ने धारणा राखे। उनले विवाहित महिलाहरूको आत्मविश्वास बढाउने यस्ता मञ्चहरूले सामाजिक रूपान्तरणमा ठुलो भूमिका खेल्ने बताए। त्यस्तै, स्कुटर प्रायोजक संस्था ‘तपाईंको बजार’ का प्रबन्ध निर्देशक सुशील संग्रौलाले सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा प्रतिभाशाली महिलालाई सम्मान गर्न पाउनु गौरवको विषय भएको उल्लेख गरे। संस्थाकी प्रमुख कार्यकारी अधिकृत माया लामाले आत्मनिर्भर र साहसी महिलाहरूलाई प्रोत्साहन गर्नु नै आफ्नो संस्थाको मुख्य उद्देश्य रहेको प्रस्ट पारिन्।
पुरस्कार वितरण समारोहमा कलाकार, पत्रकार र व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो। अधिवक्ता एवं अभिनेता कृष्ण ढुंगाना, पत्रकार विदुर गिरी र डब्बु क्षत्री, अटो नेपालका अध्यक्ष रोशनकुमार श्रेष्ठ लगायतले पनि विजेताहरूलाई बधाई दिँदै प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण