धादिङ दुर्घटना
धादिङ बस दुर्घटनाः जनार्दन शर्माद्वारा दुःख व्यक्त
सोमबार, ११ फागुन २०८२, २२ : २३
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले धादिङ बस दुर्घटनाप्रति दुःख व्यक्त गरे।
- सोमबार धादिङको बेनिघाट रोराङमा भएको दुर्घटनामा १९ जनाको ज्यान गएको थियो।
- शर्माले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै फेसबुकमा पोस्ट लेखेका छन्।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले धादिङमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार बिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका–५, भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा बस दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो । दुर्घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
शर्माले सोमबार आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, ‘आज धादिङमा भएको बस दुर्घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ। यस दुःखद घटनामा ज्यान गुमाउनु भएका सम्पूर्ण दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण