झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना: चालक दलका सदस्यसहित ७ जनाको मृत्यु
सारांश
- सोमबार साँझ झारखण्डको चतरा जिल्लामा एयर एम्बुलेन्स दुर्घटना हुँदा सात जनाको मृत्यु भयो।
- विमानले राँचीबाट दिल्लीका लागि मेडिकल उडान भरेको थियो, तर उडान भरेको केही समयमै सम्पर्क टुटेको थियो।
- दुर्घटनापछि उद्धार समन्वय केन्द्रलाई राति ८ः०५ बजे सक्रिय गरिएको थियो।
काठमाडौँ । भारतको राँचीबाट दिल्लीका लागि उडेको एक निजी एयर एम्बुलेन्स सोमबार साँझ झारखण्डको चतरा जिल्लामा दुर्घटना हुँदा त्यसमा सवार दुई चालक दलका सदस्यसहित सबै सात जनाको मृत्यु भएको छ । भारतीय नागरिक उड्डयन महानिर्देशनालयले दुर्घटनाको पुष्टि गरेको समाचार एबीपीले प्रकाशित गरेकाे छ ।
प्रारम्भिक जानकारी अनुसार, विमान राँचीको बिरसा मुन्डा एयरपोर्टबाट साँझ ७ः११ बजे दिल्लीका लागि मेडिकल उडान भरेको थियो । उडान भरेको केही समयमै विमानसँगको राडार र रेडियो सम्पर्क टुटेको थियो भने कोलकाता एयर ट्राफिक कन्ट्रोलसँग विमानको अन्तिम सम्पर्क साँझ ७ः३४ मा भएको जनाइएकाे छ ।
सम्पर्क विच्छेद भएको करिब ३० मिनेटपछि उद्धार समन्वय केन्द्रलाई सक्रिय गरिएको थियो । खोजी तथा उद्धार टोली दुर्घटनास्थलमा पुग्दा विमानमा सवार कोही पनि जीवित फेला नपरेका एबीपीले जनाएको छ ।
दुर्घटनाको कारण पत्ता लगाउन एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्यूरोको टोलीले विस्तृत अनुसन्धान सुरु गरेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरूमा चालक दलका सदस्य क्याप्टेन विवेक विकास बिलागत र क्याप्टेन सवरदीप सिंहका साथै बिरामी सञ्जय कुमार, कुरुवा अर्चना देवी र धुरु कुमार, डाक्टर विकास कुमार गुप्ता र प्यारामेडिक सचिन कुमार मिश्र रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण