बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुदन किरातीद्वारा साम्बालाई १० हजार सहयोग

मङ्गलबार, १२ फागुन २०८२, ०९ : ३३
मङ्गलबार, १२ फागुन २०८२

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं पूर्वमन्त्री सुदन किराती सावित्री भण्डारी (साम्बा)लाई १० हजार सहयोग गरेका छन् । आफ्नो पुस्तक 'पलपलको मृत्यु' बिक्री भएको रकमबाट रु १० हजार साम्बालाई सहयोग गर्ने उनले बताए । 

उनले भनेका छन्– 'राष्ट्रको जर्सी ओढेर पसिना, पीडा र कठोर सङ्घर्षलाई विजयमा बदल्दै आफ्नो देशको छविलाई उच्च बनाउने साहसी खेलाडी सावित्री भण्डारी (साम्बा) केबल मैदानकी स्ट्राइकर मात्र होइनन्, उनी राष्ट्रको गौरव र आशा हुन् । राष्ट्रको यस्तो अमूल्य गहनाको उपचार र संरक्षण गर्नु राज्यको कर्तव्य मात्र होइन, खेलाडीप्रतिको सम्मान पनि हो। उहाँको स्वास्थ्यमा लगानी गर्नु भनेको राष्ट्रको स्वाभिमान र भविष्यप्रति लगानी गर्नु हो। त्यसैले उहाँको स्वास्थ्य उपचारमा लाग्ने खर्च सम्पूर्ण रूपमा सरकारले जिम्मा लियोस् भनी माग गर्दछु । '

उनले थप भनेका छन्– 'विगतमा सरकाले खेलाडीलाई प्रोत्साहनको लागि नगद पुरस्कार घोषणा गरेर नदिएको धेरै उदाहरणहरू छन् । त्यसैले यो सन्दर्भमा साम्बाको उपचारको लागि सरकारको भर पर्नु हुँदैन । त्यसैले उहाँको उपचारका लागि खर्च जुटाउन देश तथा विदेशमा रहनुभएका महानुभावहरू र  निर्वाचनको मैदानमा करोडौं खर्च गरेर हिँडिरहनु भएका ३,४२८ जना उम्मेदवारहरूले खर्च कटौती गरेर ५–५  हजार मात्र सहयोग गर्ने हो भने उम्मेदवारहरूकै तर्फबाट पनि  १,७१,४०,००० हुन जान्छ । देशको प्रतिनिधित्व गर्नको निम्ति उत्साहका साथ अघि बढिरहनुभएका सम्पूर्ण उम्मेदवारहरूको पनि ध्यान पुगोस् भन्ने  अनुरोध गर्दछु।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप