दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
सारांश
- मेडीकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ मंगलबार सर्वोच्च अदालतमा हुनेछ।
- सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयबाट सम्बन्धित फाइल झिकाउन आदेश जारी गरेको थियो।
- प्रसाईंलाई निर्वाचन विथोल्ने अभियान चलाउन लागेको आशंकामा प्रहरीले पक्राउ गर्दै आएको छ।
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने भएको हो ।
यसअघि सोमबार सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयबाट सम्बन्धित फाइल झिकाउन आदेश जारी गरेको थियो । प्रसाईंकातर्फबाट दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइका क्रममा जिल्ला प्रहरी परिसरले पठाएको लिखित जवाफका आधारमा अदालतले फाइल मगाउने आदेश दिएको हो ।
प्रसाईँको हकमा उमा प्रसाईले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंसमेतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । पक्राउ पर्नुअघि प्रसाईँले आफूमाथिको धरपकड रोक्न माग गर्दै फागुन १ गते रिट दिएका थिए । सो रिटमा सर्वोच्च अदालतले निर्वाचन आयोग र जिल्ला प्रहरी परिसरलगायतसँग लिखित जवाफ मागेको थियो । प्रसाईँले दायर गरेका दुई वटा रिटलाई एकसाथ राखेर सुनुवाइ भइरहेको छ ।
यसअघि माघ २३ गते पक्राउ परेका प्रसाईँ हाजिर जमानीमा रिहा भएका थिए । त्यसबेला निर्वाचनसम्बन्धी उनको अभिव्यक्तिलाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको आधार बनाएर बयान लिएको थियो ।
प्रसाईँले फागुन २१ गते हुन लागेको निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंकामा प्रहरीले उनलाई पटक–पटक पक्राउ गर्दै आएको छ । यसअघि माघ ५ गते पोखराबाट पनि पक्राउ परेका प्रसाईँलाई बयानपछि रिहा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण