एन्ड्रियूलाई उत्तराधिकार सूचीबाट हटाउने प्रस्तावलाई न्युजिल्याण्डले समर्थन गर्ने
सारांश
- न्युजिल्याण्डले बेलायती शाही उत्तराधिकारबाट एन्ड्रियू माउन्टब्याटन-विन्डसरलाई हटाउने बेलायतको प्रस्तावलाई समर्थन गर्ने जनाएको छ।
- अस्ट्रेलियाका प्रधानमन्त्रीले यौन दुराचार र वित्तीय अपराधमा दोषी ठहरिएका जेफ्री एप्स्टिनसँग एन्ड्रियूको सम्बन्धका कारण यस्तो कदम उचित हुने बताएका छन्।
- न्युजिल्याण्डका उपप्रधानमन्त्रीले भने यो विषय देशका नागरिकका लागि उच्च प्राथमिकतामा नरहेको टिप्पणी गरेका छन्।
वेलिङटन । न्युजिल्याण्डले बेलायती शाही उत्तराधिकारको लाइनबाट एन्ड्रियू माउन्टब्याटन–विन्डसरलाई हटाउने कुनै प्रस्ताव आए समर्थन गर्ने जनाएको छ । प्रधानमन्त्री क्रिस्टोफर लकसनका प्रवक्ताले बेलायत सरकारले यस्तो कदम अघि बढाए न्युजिल्याण्ड सहमत हुने स्पष्ट पारेका हुन् ।
‘यदि बेलायत सरकारले एन्ड्रियू माउन्टब्याटन–विन्डसरलाई उत्तराधिकार क्रमबाट हटाउने प्रस्ताव ल्याउँछ भने न्युजिल्याण्ड त्यसलाई समर्थन गर्नेछ ।’ प्रवक्ताले जारी गरेको वक्तव्यमा भनिएको छ । यो धारणा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजेले पनि यस्तै समर्थन जनाएपछि आएको हो । अल्बानेजेले यौन दुराचार र वित्तीय अपराधमा दोषी ठहरिएका जेफ्री एप्स्टिनसँग एन्ड्रियूको सम्बन्धका कारण यस्तो कदम उचित हुने बताएका थिए ।
सार्वजनिक पदमा दुरुपयोगसम्बन्धी आशंकामा एन्ड्रियू बिहीबार पक्राउ गरिएको बताइएको छ । उनले भने आफूमाथिका सबै आरोप कडा रूपमा अस्वीकार गर्दै आएका छन् । यसैबिच बेलायत सरकारले उनलाई शाही उत्तराधिकार सूचीबाट हटाउने कानुनी विकल्पबारे विचार गरिरहेको जनाएको छ । अकल्याण्डमा आयोजित पत्रकार सम्मेलनमा लकसनले न्युजिल्याण्ड र बेलायतका क्याबिनेट कार्यालयबिच नियमित सम्पर्क भइरहने बताए । ‘हाम्रो धारणा राम्रोसँग बुझिएको छ, र म अहिले पनि त्यही कुरा दोहोर्याउँदैछु,’ उनले भने । ‘कानुनभन्दा माथि कोही हुँदैन । अनुसन्धान पूरा भएपछि बेलायत सरकारले हटाउने निर्णय गर्छ भने हामी समर्थन गर्छौँ ।’ अझ अगाडि उनले भनेका छन् ।
तर न्युजिल्याण्डका उपप्रधानमन्त्री डेभिड सेमोरले भने यो विषय देशका नागरिकका लागि उच्च प्राथमिकतामा नरहेको टिप्पणी गरेका छन् । ‘अहिले अधिकांश न्युजिल्याण्डवासीले सामना गरिरहेका ९९ वटा अन्य समस्या छन् । त्यसैले यो विषय प्राथमिक सूचीमा निकै तल पर्छ,’ उनले भने । यसअघि आफ्ना भाइको पक्राउ परेपछि बेलायतका राजा चाल्र्स तृतीयले पूर्ण, निष्पक्ष र उचित प्रक्रियामार्फत अनुसन्धान हुने बताएका थिए ।
उता अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानेजेले बेलायतका प्रधानमन्त्री सर केइर स्टार्मरलाई लेखेको पत्रमा कानुनले आफ्नो पूर्ण प्रक्रिया पूरा गर्नुपर्छ भन्दै गम्भीर आरोपलाई गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गरेका थिए । बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताले अस्ट्रेलियाबाट आएको पत्र प्राप्त भएको पुष्टि गर्दै एन्ड्रियूबारे थप कदम आवश्यक छ कि छैन भन्ने विषयमा सरकारले विचार गरिरहेको बताएका छन् । यद्यपि चलिरहेको प्रहरी अनुसन्धानका कारण अहिले थप टिप्पणी गर्न उपयुक्त नहुने पनि उनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
-
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘एयर पोलुसन स्टेसन’ले राप्तीमा सहज
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण