काठमाडौँ–८ मा राजन खड्गीको ‘उज्यालो अभियान’
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै काठमाडौं क्षेत्र नं. ८ मा उज्यालो नेपाल पार्टीले चुनावी गतिविधि तीव्र बनाएको छ। पार्टीबाट उम्मेदवार रहेका राजन खड्गीको नेतृत्वमा सञ्चालित ‘उज्यालो अभियान’ अन्तर्गत अहिले घरदैलो र जनसंवादका कार्यक्रमहरूले तीव्रता पाएका हुन्।
निर्वाचनलाई लक्षित गर्दै खड्गीले स्थानीय जनताको घरदैलोमै पुगेर प्रत्यक्ष भेटघाट गर्ने र उनीहरूका समस्या सुन्ने कार्यलाई प्राथमिकता दिएका छन् । ‘अँध्यारोबाट उज्यालो तर्फ, गरिबीबाट समृद्धि तर्फ’ भन्ने मूल नारालाई आत्मसात् गर्दै खड्गीले आफ्नो क्षेत्रमा विकास, सुशासन र समृद्धिको एजेण्डालाई सशक्त ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई आफ्नो मुख्य प्राथमिकतामा राखेर काम गर्ने योजना सुनाउँदै जनताको मत मागिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण